काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ को ७ महिनामा ७ लाख ६६ हजार लिटर डिजेल आयात भएको छ। चालू आवको साउनदेखि माघ मसान्तसम्ममा ६९ अर्ब ९१ करोड २२ लाख रुपैयाँ बराबरको डिजेल आयात भएको हो।
उक्त अवधिभित्र नेपालमा ३८ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको ४ लाख ४२ हजार केजी पेट्रोल भित्रिएको तथ्यांक छ।
पेट्रोलपछि नेपालमा धेरै एलपिजी ग्याँस भित्रिएको छ। ७ महिनाको अवधिमा ३१ अर्ब ८५ करोड ९ लाख रुपैयाँ बराबरको ३२ करोड १० लाख केजी एलपिजी ग्याँस आयात भएको छ।
भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालमा ३१ अर्ब ९ करोड रुपैयाँको ७४ करोड १७ लाख केजी फलाम, आइरनलगायत वस्तु आयात भएको छ।
धेरै आयात भएको छैटौँ नम्बरमा स्मार्टफोन रहेको छ। सोही अवधिमा नेपालमा २१ अर्ब ३२ करोड रुपैयाँ बराबरको १२ लाख ४ पिस स्मार्टफोन आयात भएको छ।
त्यस्तै, सातौँ नम्बरमा २१ अर्ब २० करोड रुपैयाँ बराबरको ११ लाख ५३ हजार ग्राम सुन नेपाल भित्रिएको छ।





