काठमाडौं। विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलको खाता विवरण पेश गर्न आदेश दिएको छ।

सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक लिमिटेडमा रहेको उनको खाताहरुको विवरण पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको हो।

पौडेलले सरकारी उपकरण र सफ्टवेयर खरिदमा सिंगापुरमा घुस लिएको र त्यो रकम सिंगापुरको बैंकमा राखेको दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

नेपाल र सिंगापुरबीच पारस्परिक कानुनी सहायता आदानप्रदान सम्झौता भएको थिएन। तर, अख्तियारले सुनिलको घरमा खानतलासी गर्ने क्रममा सिंगापुरको सबै विवरण फेला पारेको थियो।विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासको आदेशमा भनिएको छ, ‘विवरण प्राप्त हुन सक्ने भए विवरण र विवरण प्राप्त हुन नसक्ने भए सोही बमोजिमको जबाफ कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट यथासक्य छिटो जवाफ मगाउनू।’

तपाईको प्रतिक्रिया