काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको करिब साढे ५५ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ। शिवम् सिमेन्ट, आशा लघुवित्त र कृषि विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

शिवम् सिमेन्टको २.५ प्रतिशत दरको कुल १३ लाख ६४ हजार २०२ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

आशा लघुवित्तको ९.५ प्रतिशत दरको कुल ९ लाख ९६ हजार ३९३ कित्ता र कृषि विकास बैंकको ३.२५ प्रतिशत दरको कुल ४५ लाख २ हजार ९४७ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

सूचीकृत सेयर आगामी आइतबारको कारोबारदेखि दोस्रो बजारमा आउनेछ।

तपाईको प्रतिक्रिया