कृषि, उद्योग, पर्यटन र जलविद्युतमा दीर्घकालीन स्थिर ब्याजदरमा कर्जा दिइने
काठमाडौँ। सरकारले अर्थतन्त्रका प्रमुख उत्पादनशील क्षेत्रहरूमा लगानी प्रोत्साहन गर्न दीर्घकालीन रूपमा स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्ने नीतिगत व्यवस्था गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्।
बजेट वक्तव्यअनुसार विशेष गरी कृषि, उद्योग, पर्यटन र जलविद्युत क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर पटक–पटक उतारचढाव ...



