खानेपानी र सिँचाइ समस्या समाधान गर्न पालिकाको तीन सूत्रीय योजना
कल्याणपुर (सप्तरी), साउन १९ गते । रुपनी गाउँपालिकाका किसान र बासिन्दाले खानेपानी र सिँचाइको समस्या समाधान गर्न गाउँपालिकालाई दबाब दिएका छन् ।
गाउँपालिकाभित्र रहेका बोरिङहरूमा पानीको सतह लगातार घट्दै गएपछि स्थानीयले पालिका अध्यक्ष दिनेशकुमार यादवलाई तत्काल समस्या समाधानको माग गर्दै दबाब दिएका हुन् ।
“यदि पानीको समस्या समाधान भएन भने पालिकामा तालाबन्दी गर्छौं,’’ स्थानीयले रुपनीका अध्यक्ष यादवल...









