तोडियो इनरुवा–कप्तानगञ्ज सडक निर्माणको ठेक्का
इनरुवाः हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको इनरुवा— कप्तानगञ्ज २२ दशमलव ६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।
सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालय इटहरीले मङ्गलबार सडक निर्माणका लागि गौरीपार्वती—देव एण्ड सायर—भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ ।
सडक स्तरोन्नतिका लागि उक्त जेभीसँग २ माघ...









