इन्सपेक्टर कल्पना गुरुङविरुद्ध भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न १० दिन म्याद थप

इन्सपेक्टर कल्पना गुरुङविरुद्ध भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न १० दिन म्याद थप
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको कीर्तिपुरस्थित एपीएफ स्कुलको ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका तत्कालीन लेखा प्रमुख सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङमाथि पाँचौँपटक म्याद थप भएको छ । भ्रष्टाचारको आरोपमा अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुरोधमा विशेष अदालतले आइतबार इन्सपेक्टर गुरुङ र उनका साथी एमडी एडभेन्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक लीलाबहादुर लामा त...

सानिमा क्यापिटलकी मर्चेन्ट हेड रश्मी रिजालले आत्मदाह गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष

सानिमा क्यापिटलकी मर्चेन्ट हेड रश्मी रिजालले आत्मदाह गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष
काठमाडौं । सानिमा क्यापिटलकी मर्चेन्ट हेड रश्मी रिजालले आत्मदाह गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । सिसिटिभी फुटेज, घटनास्थलको अवस्था तथा बरामद प्रमाणका आधारमा घटनामा अन्य व्यक्तिको संलग्नता नदेखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो। साउन ८ मा बिहान ७ बजे घरबाट निस्केकी नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित तादी घर भएर मनमैजुमा बस्ने रिजाल ४५ वर्षीया रिजाल घर फर्केकी थिइनन् । घर नफर्क...

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी
चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल यति बेला हजारौँ भारतीय बिरामीको उपचार केन्द्र बनेको छ । पर्साको ठोरीमा रहेको भरतपुर आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये ९७ प्रतिशत भारतीय हुने गरेका छन् । अस्पताल नेपाल नेत्र ज्योति सङ्घ चितवनले सञ्चालन गरेको हो । आफ्नै देशमा नजिक गुणस्तरीय आँखा उपचार सेवा नपाएपछि सीमापारिका भारतीय नागरिक उपचारका लागि नेपाल आउने गरेका ह...

साढे ४ लाख रुपैयाँसहित एक व्यक्ति नियन्त्रणमा

साढे ४ लाख रुपैयाँसहित एक व्यक्ति नियन्त्रणमा
विराटनगर/ विराटनगर महानगरपालिका–६ निवासी श्याम प्रसाद शाह भारतको जोगबनीबाट नेपालतर्फ इलेक्ट्रोनिक साइकलमा आउँदै गरेका बेला उनको साथबाट साढे ४ लाख रुपैयाँ बरामद गरिएको छ। रामजानकी मन्दिर नजिकको राजमार्ग क्षेत्रमा प्रहरी टोलीले शंकाका आधारमा जाँच गर्दा शाहले दुवै खुट्टामा बाँधेर लुकाई ल्याउँदै गरेको नगद रु। ४ लाख ५० हजार फेला परेको प्रहरीले जनाएको छ। विशेष सुराकीको आधारमा मटेरुवा बाट खटिएको ...

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन
साहारा लिम्बु ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१-०८२ को तुलनामा गत आर्थिक वर्ष २०८२-०८३ मा झण्डै दोब्बर राजश्व सङ्कलन गरेको हो । नापी कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख नापी अधिकृत इन्जिनियर रजिता श्रेष्ठका अनुसार गत आर्थिक वर्ष २०८२-०८३ मा ५५ लाख ८७ हजार छ रुपियाँ राजश्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१-०८२ मा २८...

काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो

काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो
झापा। पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय तीव्रता पाएको छ। एसियाली विकास बैंक (एडिबी) को ४६ अर्ब रूपैयाँ ऋण सहयोगमा निर्माणाधीन आयोजनाअन्तर्गत पूर्वी खण्डमा सडक कालोपत्र गर्ने काम धमाधम भइरहेको छ। सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयमार्फत ९५ किलोमिटर लामो यस सडकलाई पाँच प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको छ। आयोजना पूर्वी र पश्...

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
दाङ। यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक होटललाई जरिवाना गरिएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयास्थित पूर्वपश्चिम हाइवे होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बरालले जानकारी दिए। सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहित खाद्य खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले २५ हजार रुपैयाँ जरिव...

प्रधानको राजीनामा स्वीकृत, जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी

प्रधानको राजीनामा स्वीकृत, जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी
काठमाडौं। भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्रीको सिफारिसमा स्वीकृत गरेकी हुन्। राष्ट्रपति भवनद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिसमा प्रल्हाद जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ। जोशीले हाल उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जि...

पाँचथर अस्पतालमा सेवा व्यवस्थापनमा चुनौती

पाँचथर अस्पतालमा सेवा व्यवस्थापनमा चुनौती
पाँचथर::पन्ध्र शैया सञ्चालनको स्विकृति रहेको पाँचथर जिल्ला अस्पताललाई ६५ शैयामा विस्तार गरिएपनि पनि जनशक्ति, पूर्वाधार र उपकरण व्यवस्थापन भने चुनौती देखिएको छ । १५ शैयाको स्वीकृति पाएको अस्पताललाई विकसा समितिले तीन वर्ष अघिदेखि ६५ शैयामा सेवा विस्तार गरेको छ । तर आवश्यकता अनुसार चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, बजेट र भौतिक पूर्वाधार विस्तार हुन नसक्दा सेवा व्यवस्थापनमा दबाब बढेको हो । पराम...

झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो

झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
जिल्लामा पछिल्लो समय डेङ्गु सङ्क्रमणको दर घट्दै गएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार जनचेतना अभिवृद्धि, स्थानीय तहको सक्रिय सहभागिता तथा ‘खोज तथा नष्ट गर’ अभियान प्रभावकारी बन्दै जाँदा डेङ्गुका बिरामीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा कम भएको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा दुई हजार जना डेङ्गु सङ्क्रमित भेटिएका थिए भने गत आवमा भने यो सङ्ख्या घ...