एपिएफ स्कुलका लेखा अधिकृत गुरुङ र उनकी प्रेमी लामा न्यायिक हिरासतमा
काठमाडौं। विशेष अदालतले सशस्त्र प्रहरी स्कूल कीर्तिपुरका लेखा अधिकृत कल्पना गुरुङ र एमडी एडभेञ्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक लीलाबहादुर लामा तामाङलाई १० दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले आज सो आदेश दिएको हो। सोही आदेश बमोजिम निजहरुलाई न्यायिक हिरासतमा राख्न पठाइएको विशेष अदालतले जनाएक...









