विराटनगर/ विराटनगर महानगरपालिका–६ निवासी श्याम प्रसाद शाह भारतको जोगबनीबाट नेपालतर्फ इलेक्ट्रोनिक साइकलमा आउँदै गरेका बेला उनको साथबाट साढे ४ लाख रुपैयाँ बरामद गरिएको छ।

रामजानकी मन्दिर नजिकको राजमार्ग क्षेत्रमा प्रहरी टोलीले शंकाका आधारमा जाँच गर्दा शाहले दुवै खुट्टामा बाँधेर लुकाई ल्याउँदै गरेको नगद रु। ४ लाख ५० हजार फेला परेको प्रहरीले जनाएको छ।

विशेष सुराकीको आधारमा मटेरुवा बाट खटिएको टोलीले उक्त रकम बरामद गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानी पठाएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया