सार्वजनिक लेखा समितिले सार्वजनिक महत्वका विषयमा सुधार ल्याएको छ : सभापति पोखरेल
विराटनगर / सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले समितिले सार्वजनिक महत्वका विषयमा सुधार ल्याएको बताएका छन् ।
प्रेस चौतारी नेपाल जिल्ला कार्यसमिति मोरङले आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै सभापति पोखरेलले समितिले सार्वजनिक सरोकारका महत्वपूर्ण विषयमा निर्णय गरेर कार्यान्वयनमा ल्याएको जानकारी गराए । उनका अनुसार सार्वजनिक लेखा समिति सरकारी खर्चको पारदर्शिता, जवाफदेहिता र प्रभावकारिता...