अकबरे खुर्सानीले फेरिएको भोजपुरः रित्तिँदै गएका गाउँमा फर्किएको जीवन
भोजपुर, ७ असार । केही वर्षअघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए। विदेशिने युवाको लहर, सहरतर्फको बसाइसराइ र कृषि पेसाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए। खेतीयोग्य जमिन बाँझो छोडिँदै थियो, घरहरूमा वृद्धवृद्धा मात्रै देखिन्थे। तर पछिल्ला वर्षमा त्यही उदास दृश्य विस्तारै बदलिन थालेको छ।
कोभिड–१९ महामारीपछि गाउँ फर्किएका युवाहरू र विदेश जान नपाएका धेरै परिवारले पुनः ...









