दशौं राष्ट्रिय खेलकुद अनुकूल समयमा हुन्छ : खेलकुदमन्त्री चौधरी
काठमाण्डौ – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुदका लागि अब अध्ययन समिति बनाएर अनुकूल समयमा गर्ने बताउनुभएको छ ।
हरेक दुई वर्षको अन्तरमा हुनुपर्ने राष्ट्रिय खेलकुदको दशौं संस्करण २०८१ साल मङ्सिरमा नै सम्पन्न हुनुपर्ने थियो । तर मन्त्री चौधरीको ढिलासुस्ती र चासोमा नपर्दा कर्णाली प्रदेशमा तय भएको दशौं खेलकुद हुन नसकेको हो ।
युवा तथा खेलकुद मन्त्रालयमा हिजो भएको वार्षिक क...









