मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सुख सुविधा प्रतिको मोह बढ्नेछ । मन कल्पना र भावनामा डुब्न सक्छ । अध्ययनमा ध्यान दिएमा उत्कृष्ट उपलब्धि मिल्नेछ । पुराना साथीभाइसँग पुन: भेटघाटको सम्भावना छ । निजी सम्बन्ध सार्वजनिक गर्न उपयुक्त समय हो । घर परिवारको भावना बुझेर काम गर्दा सम्बन्ध बलियो बन्छ । मन हलुका र शरीर तन्दुरुस्त देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेमीको स्वास्थ्य वा कार्य क्षेत्रमा समस्या आउन सक्छ, जसले मन निराश बनाउन सक्छ । यद्यपि, भावना साटासाट गर्न पाएमा मानसिक शान्ति मिल्नेछ । मौसमी रोगको सानो जोखिम रहेको छ, सचेत रही कार्यमा लाग्दा प्रतिष्ठा र सम्मान प्राप्त हुनेछ । व्यापारिक बैठक र नयाँ सम्झौताको सम्भावना छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक वातावरण सहज रहनेछ । तर सन्तानका इच्छा बुझ्नुपर्ने समय हो, जसले खर्च बढाउन सक्छ । आजको मिहिनेतले भविष्यमा छात्रवृत्ति वा विशेष अवसर ल्याउनेछ । आर्थिक शुभ समाचार पाउन सकिनेछ । ज्ञान र अनुभव बढ्नेछ । सम्झौता वा करारका लागि अनुकूल समय हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यस्त दिन हुनेछ । यद्यपि, केही समय परिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ । गोपनीयता भंग गर्ने प्रयास हुन सक्छ, त्यसैले व्यक्तिगत कुरामा सावधानी अपनाउनुहोला । मन एकोहोरो बन्न सक्छ । लड्ने वा चिप्लिने सम्भावना छ । बोल्दा संयमता अपनाउनु राम्रो हुन्छ, नत्र वरिष्ठसँग विवाद हुने सम्भावना छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
योजना र व्यवस्थापन राम्रोसँग मिलाउँदा फाइदा हुनेछ । पुराना स्मृति र विषयले मन अलमलिन सक्छ । तनाव बढ्न सक्छ, तर आफूलाई संयमित राख्नु बुद्धिमानी हुनेछ । दाजु बहिनी वा गुरुसँगको सहायताले जटिल कुरा समाधान हुनेछ । आत्मसुधारको राम्रो अवसर पनि मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
जीवन साथी र परिवारबाट अपेक्षित सहयोग प्राप्त हुनेछ । आर्थिक समस्यामा प्रयास गर्दा समाधान आउनेछ । अभिव्यक्तिमा निखार आउँछ, जसले व्यक्तित्व विकासमा मद्दत पुर्‍याउनेछ । प्रतिस्पर्धामा अग्रता लिने सम्भावना छ । यद्यपि, भौतिक लालसाले मानसिक अशान्ति दिन सक्छ । लक्ष्य प्राप्त हुने तर इच्छाहरू बढिरहने समय हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो मनले चाहेको काम गर्न पाउँदा प्रसन्नता हुनेछ । स्वास्थ्य ठीक रहनेछ । तर भ्रम र लोभले अनावश्यक जिम्मेवारी बढाउन सक्छ । प्रेम सम्बन्धमा चिसोपन आउन सक्छ । ऋण वा उधारो बारे विषय प्रमुख बन्न सक्छ । यद्यपि, औषधि, काष्ठ वा फर्निचर व्यवसायमा लाभ मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
थकान वा मानसिक दुविधा अनुभूति हुन सक्छ । बजेट सन्तुलनमा राख्नु आवश्यक छ । लगानी गर्दा सोच विचार गरेर अघि बढ्नु राम्रो हुन्छ, नत्र धोका हुन सक्छ । निर्णय लिनुपर्दा मन डगमगाउन सक्छ । साथी वा सहकर्मीको सहयोग लिनु राम्रो हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यक्तित्व विकास र भौतिक सुखको खोजीमा नयाँ विचार जन्मनेछ । लक्ष्य प्रति दृढ भएमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध प्रगाढ हुने समय हो । काममा ढिलो भएपनि विशेष कार्य सम्पादन हुनेछ । प्रेमीबाट उपहार वा विशेष सन्देश प्राप्त हुन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वाणी र ज्ञानको प्रयोग हुने पेसामा लाभदायक समय छ । नयाँ योजना वा प्रस्तावका लागि अनुभव र अन्तरक्रिया महत्वपूर्ण हुनेछ । काममा ढिलासुस्ती भएपनि निरन्तर प्रयासले सफलता पाइनेछ । कारोबारी गतिविधिमा सन्तोषजनक लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शत्रु वा प्रतिद्वन्द्वीसँगको व्यवहार मिलाएर चल्नुपर्ने अवस्था आउन सक्छ । व्यक्तिगत कामभन्दा आफन्तको जिम्मेवारीमा समय बित्नेछ । आर्थिक कारोबार लाभदायक हुनेछ । नयाँ ठाउँमा लगानी सोचिएको छ भने राम्रो सम्भावना देखिन्छ । घर व्यवहार व्यस्त रहन सक्छ । कुनै अभिलाषा पूर्तिको सम्भावना छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्य प्रति सचेत रहनुपर्ने दिन हो । खानपानमा अरुचि लाग्न सक्छ । आफन्त र जीवन साथीसँग भावना बाँड्नु राम्रो हुन्छ । गलत काम वा असामाजिक गतिविधिबाट टाढा रहनु उत्तम हुन्छ । एकान्त चाहना जाग्न सक्छ तर बाध्यताले निराशा हुन सक्छ । संयम अपनाउँदा दिन सामान्यतया सहज हुनेछ ।

 

तपाईको प्रतिक्रिया