वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ९ वटा कन्सल्टेन्सीलाई कारबाही गरेको छ । आठ वटालाई जरिवानाको कारबाही गर्दा विभागले एउटालाई भने तीन दिनभित्र कागजातसहित उपस्थित हुन निर्देशन दिएको हो ।

रिड एजुकेशन हब प्रालि, परसुट अब्रोड स्टडिज, इनोभा एजुकेशन कन्सल्टेन्सी प्रालि, स्योउराइ इन्टरनेशनल एजुकेशन प्रालिलाई एक लाख रुपैयाँ जरिवाना गरिएको छ । त्यसैगरी, प्यासन फाउण्डेशन प्रालि र काईट कन्सल्टेन्सी प्रालिलाई ५१ हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ ।

विभागका अनुसार छाङमी एजुकेशन प्रालि र आशिर्वाद ल्याङ्गवेज स्कुल प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । गेटवे अफ ग्लोबल स्टडिजलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिएर उपस्थित हुन निर्देशन दिइएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८(ट) बमोजिमको कसुर गरेकाले सोही ऐनको दफा ३९ को १ (घ) बमोजिम कारबाही गरिएको विभागले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया