काठमाण्डौ – विश्व टिम टेबलटेनिस च्याम्पियनशिपका लागि भएको दक्षिण एशियाली छनोट प्रतियोगितामा पुरुष/महिला दुवैमा भारतीय टोली छानिएको छ ।

लैनचौरको राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको राउन्ड रोबिन लिगमा अपराजित रहँदै भारतीय टोली छनोट भएको हो । पुरुष र महिलामा ५–५ राष्ट्र सहभागी थिए ।

दुवैतर्फ भारतले नेपालसहित माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशलाई समान ३–० को नतिजामा हराएर ८ अङ्क जोडेको थियो ।

भारतीय टोली इङ्ग्ल्यान्डमा सन् २०२६ को सेप्टेम्बरमा हुने विश्व टिम टेबलटेनिस च्याम्पियनशिपका लागि छनोट भएको छ ।

पुरुषतर्फ नेपाल ७ अङ्कसहित दोस्रो भयो । भारतसँग मात्र पराजित नेपालले श्रीलङ्कालाई ३–०, माल्दिभ्सलाई ३–१ र बङ्गलादेशलाई ३–२ को सेटमा हराएको थियो ।

माल्दिभ्स र श्रीलङ्का तेस्रो भए । महिलातर्फ माल्दिभ्ससँगै नेपाल तेस्रो भयो । ६ अङ्क जोडेको नेपालले दुई राष्ट्रलाई पराजित गर्‍याे दुई राष्ट्रसँगको नतिजा सुम्पिएको थियो ।

माल्दिभ्स र बङ्गलादेशलाई समान ३–० ले हराएको नेपाल भारतसँग ३–० र श्रीलङ्कासँग २–३ ले पछि पर्‍याे। श्रीलङ्का ७ अङ्कसहित दोस्रो स्थानमा रह्यो ।

तपाईको प्रतिक्रिया