काठमाडौं। काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा निधन भएको हो।
प्रहरीका अनुसार आज बिहान भान्सामा गएर आत्मदाहको प्रयास गरेका थिए। घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पतालमा लगिएको थियो।
उनको शरीर ५५ प्रतिशत जलेको र उपचारका क्रममा केही समयअघि मृत्यु भएको हो।







