ऊर्जामन्त्री कुलमान घिसिङले आफू राजनीतिमा सक्रिय भइसकेको स्पष्ट पारेका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने समय आएपछि मन्त्री पदबाट राजीनामा दिने संकेत गरेका हुन्।

घिसिङले भने, ‘जब हामी चुनावमा जान्छौँ र उम्मेदवारी दर्ता गर्ने समय आउँछ, त्यसबेला उपयुक्त समयमा आवश्यक निर्णय लिन्छौँ।’ उनका अनुसार अहिलेको सरकारको मुख्य कार्यभार नै आगामी निर्वाचन सम्पन्न गर्नु हो।

उनले चुनावमा नयाँ शक्तिहरू एक भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै आपसी सहकार्यमा जोड दिए। ‘आ–आफ्नो क्षेत्रबाट जुनसुकै परिस्थितिमा योगदान पुर्‍याउनुपर्छ। सबैले आफू मात्रै सही भन्ने सोच राख्नु हुँदैन,’ उनले भने, ‘को–को कसरी मिल्ने भन्नेभन्दा पनि नयाँ शक्तिहरू सबै मिलेर जानुपर्छ भन्नेमा हाम्रो एकमत छ।’

घिसिङले समन्वय र एकतामार्फत मात्रै प्रभावकारी राजनीतिक परिवर्तन सम्भव हुने धारणा व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया