गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मीमा ३५५ प्रजातिका चरा
गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ । नेपाल पंक्षी संरक्षण सङ्घले गरेको पछिल्लो अध्ययनका क्रममा जिल्लाको थाप्ले सत्यवती वन क्षेत्रमा चराका नयाँ ३० प्रजाति फेला परेसँगै कूल सङ्ख्या ३५५ पुगेको हो । जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा उक्त सङ्ख्यामा चराहरू रहेका सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए । यही क्षेत्रमा पछिल्लो अध्ययनमा विभिन्न...

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा रु पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैँची निर्यात भएको छ । पाँच महिनाको अवधिमा दुई हजार ६२२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । अघिल्लो आव २०८१/०८२ को सोही अवध...

अर्घाखाँचीको कम्युनमा प्रहरी छापा, नेकपा (माओवादी)को विरोध

अर्घाखाँचीको कम्युनमा प्रहरी छापा, नेकपा (माओवादी)को विरोध
काठमाडौं । अर्घाखाँचीको सितगङ्गा नगरपालिका–११ मा रहेको कम्युन तथा सर्वसाधारणका घरमा प्रहरीले छापा मारेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले विरोध जनाएको छ । पार्टीका अनुसार हिजो पौष ११ गते प्रहरीले कम्युन र स्थानीय बासिन्दाका घरमा छापा मारी दमन गरेको आरोप लगाइएको छ । नेकपा (माओवादी)ले यस घटनालाई ‘दमनकारी श्वेत आतंक’ को संज्ञा दिँदै राज्यको कदमप्रति गम्भीर आपत्ति जनाएको हो। पार्टी प्रवक्...

जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु

जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु गरेको छ । संविधान संशोधन, निर्वाचन क्षेत्र पुनर्निर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीलगायत २८ बुँदे माग र राष्ट्रिय मुद्दा उठाउँदै आएको जसपा नेपालले प्रदेश–प्रदेशमा विरोध सभा आयोजना गर्न लागेको हो। पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार प्रदेशस्तरीय विरोध सभाअन्तर्गत आज ...

राष्ट्रिय हितमा सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

राष्ट्रिय हितमा सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताएकी छन्। नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा शुत्रबार प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभाको निर्वाचनमा जान ११४ दल दर्ता भएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रिय हितका सवालमा सबै एकताबद्ध हुनुपर्ने धारणा राखेकी हुन्। ‘चुनावमा भाग लिन ११४ दल दर्ता भएका छन्, फ...

प्रजिअसहित गृहका १५ कर्मचारीको सरुवा तथा पदस्थापन

प्रजिअसहित गृहका १५ कर्मचारीको सरुवा तथा पदस्थापन
काठमाडौं। गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १५ जना उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयको आजको निर्णयअनुसार सात जना प्रजिअ, छ जना सहसचिव र दुई जना उपसचिवको सरुवा गरेको हो। गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै कारागार व्यवस्थापन विभागका महानिर्देशकको सरुवा गरेको छ। नुवाकोटका प्रजिअ शशीधर घिमिरेलाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरि...

मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट मानबहादुर घाइते

मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट मानबहादुर घाइते
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ मा जंगली हात्तीको आक्रमणबाट शुक्रबार साँझ १ जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट सुन्दरहरैँचा–५ का ५० वर्षीय मानबहादुर राई घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुन्दरहरैँचा–६ स्थित लाटी झोडा सामुदायिक वननजिक बाटोमा हिँडिरहेका बेला मानबहादुरलाई हात्तीले साँझ ७ः४५ बजेतिर आक्रमण गरेको थियो । आक्रमणबाट शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचा...

रेखा पोखरेलले जितिन् उत्कृष्ट नवगायिकाको अवार्ड

रेखा पोखरेलले जितिन् उत्कृष्ट नवगायिकाको अवार्ड
काठमाडौँ । छोटो समयमै नेपाली गीत सङ्गीत क्षेत्रमा सर्वाधिक चर्चा कमाउन सफल गायिका रेखा पोखरेलले काठमाडौँमा सम्पन्न ‘नवौँ राप्ती म्युजिक अवार्ड ‘समारोहबाट उत्कृष्ट नव गायिका विधाबाट अवार्ड हात पार्न सफल भएकी छन् । वरिष्ठ हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भवन भृकुटीमण्डपमा सम्पन्न कार्यक्रमबाट गायिका पोखरेलले अवार्ड हात पारेकी हुन्। उनले ‘माया साह्रै छ’ भन्ने ब...

सुनसरीमा श्रीमतीको शरीरमा पेट्रोल खन्याएर आगो सल्काएपछि…

सुनसरीमा श्रीमतीको शरीरमा पेट्रोल खन्याएर आगो सल्काएपछि…
इटहरी : सामान्य घरेलु विवाद क्षणमै ज्यानै लिने खतरामा परिणत हुन सक्छ भन्ने उदाहरण सुनसरीको दुहबीमा देखिएको छ । दुहबी नगरपालिका–३ मुक्तिनाथ मन्दिर क्षेत्रका एक व्यक्तिले आफ्नै श्रीमतीमाथि पेट्रोल छर्केर आगो लगाउँदा महिला गम्भीर घाइते भएकी छन् । इलाका प्रहरी कार्यालय दुहबीका अनुसार ३३ वर्षीय मुस्तफा सेखले घरायसी वादविवादकै क्रममा २८ वर्षीया श्रीमती खुस्बु खातुनमाथि पेट्रोल खन्याएर आगो सल्काएका...

पश्चिमी वायूको प्रभाव: तराईमा हुस्सु-कुहिरो

पश्चिमी वायूको प्रभाव: तराईमा हुस्सु-कुहिरो
काठमाडौँ । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा हुस्सुरकुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौ...