विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ मा जंगली हात्तीको आक्रमणबाट शुक्रबार साँझ १ जना घाइते भएका छन् ।
हात्तीको आक्रमणबाट सुन्दरहरैँचा–५ का ५० वर्षीय मानबहादुर राई घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुन्दरहरैँचा–६ स्थित लाटी झोडा सामुदायिक वननजिक बाटोमा हिँडिरहेका बेला मानबहादुरलाई हात्तीले साँझ ७ः४५ बजेतिर आक्रमण गरेको थियो ।
आक्रमणबाट शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।घटनालगत्तै प्रहरीले दमकल र स्थानीयको सहयोगमा हात्तीलाई जंगलतर्फ धपाएको थियो । पछिल्लो समय मोरङका विभिन्न स्थानमा जंगली हात्तीको चहलपहल बढेको छ ।
मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट मानबहादुर घाइते





