सुकुम्बासी टोलमा नाला र सडक समस्या समाधानतर्फ ठोस पहल
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ अन्तर्गत सुकुम्बासी टोलमा दीर्घकालदेखि देखिँदै आएको नाला, ढल व्यवस्थापन तथा सडकको समस्या समाधानका लागि ठोस पहल सुरु गरिएको छ। स्थानीयस्तरमा भएको छलफलपछि नाला निर्माण र सडक मर्मतलाई प्राथमिकतामा राखेर काम अघि बढाउने निर्णय गरिएको हो।
स्थानीय समस्या समाधानका लागि ‘परिवर्तनका लागि आवाज’ समूहको नेतृत्वमा अभिषेक गिरी, मोहम्मद जमशेद आलम, प्रवन यादव, सपना श...









