रामेछापको भिरकोटमा शिक्षासेवीहरु सम्मानित

रामेछापको भिरकोटमा शिक्षासेवीहरु सम्मानित
केके मानन्धर माघ ११ गते । रामेछापको सुनापति गाउँपालिकास्थित भिरकोटमा शिक्षासेवीहरु सम्मानित भएका छन् । श्री बाल माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहमा शिक्षा क्षेत्र विकासमा सहयोग र सहकार्य गरेका महानुभावहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरु मध्ये समाजसेवीद्वय पुताली तामाङ र देवेन्द्र मानन्धर, शिक्षासेवी दल बहादुर बल, काभ्रेको बनेपास्थित करुणामय मानव सेवा विकास समाजदेखि शिक्षक, कलाकार तथा...

चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा

चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
काठमाण्डाै – निर्वाचन आयोगले चुनावमा खटिने कर्मचारीहरूका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा गरेको छ । आयोगले चुनावमा खटिने २ लाख १३ हजार १ सय ६१ जना कर्मचारीका लागि जनही २० लाख रुपैयाँको दुर्घटना बीमा गरेको हो । आयोगले मतदान केन्द्र र मतगणनास्थलमा खटिने कर्मचारीहरूका लागि १५ दिन अवधिको बीमा गरेको छ । यस्तै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारी, आयोगका सबै कार्य...

बाबर, अफ्रिदीलाई समेट्दै टी–२० विश्वकपका लागि पाकिस्तानकाे टाेली घाेषणा

बाबर, अफ्रिदीलाई समेट्दै टी–२० विश्वकपका लागि पाकिस्तानकाे टाेली घाेषणा
काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि पाकिस्तानको टोली घोषणा भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आज सलमान अली अघाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । पाकिस्तानको टोलीमा स्टार ब्याटर बाबर आजमसहित तीव्र गतिका बलरहरू नसीम शाह र शाहीन अफ्रिदी पनि छन् । टोलीमा अलराउन्डरहरू फहीम अशरफ, शादाब खान र मोहम्मद नवाज पनि अटाएका छन् । टोलीमा विकेटकिपर ब्याटर मोहम्मद रिजवान र तीव्र...

काठमाडाैंबाट नक्कली हतियारसहित दुई जना पक्राउ

काठमाडाैंबाट नक्कली हतियारसहित दुई जना पक्राउ
काठमाडौं । प्रहरीले नक्कली हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट दुई जनालाई नक्कली हतियारसहित पक्राउ गरेको प्रहरिले जानकारी दिएकाे छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले झापाका २८ वर्षीय किरण घिमिरे र अछामका कुमार लोहारलाई पक्राउ गरेको हो।उनीहरूबाट ३०३ राइफल जस्तो देखिने एउटा डमी, कटुवा पेस्तोल जस्तो देखिने दुई वटा डमी हतियार, खुकुरी जस्तो फलामले बने...

प्रेम र सकारात्मक भाव बोकेको ‘मगमग बसना’ लिएर आए सरगम राई

प्रेम र सकारात्मक भाव बोकेको ‘मगमग बसना’ लिएर आए सरगम राई
काठमाडौं । लोकप्रिय गायक सरगम राईको नयाँ सांगीतिक कृति ‘मगमग बसना’ सार्वजनिक भएको छ। सरगम राईकै स्वर, शब्द र संगीतमा तयार भएको यो गीत आरजिटी फिल्मसको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ ल्याइएको हो। उत्साह, उमंग, प्रेम र सकारात्मक भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको ‘मगमग बसना’ ले दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाउने विश्वास निर्माण पक्षले लिएको छ। गीतको एरेन्जमेन्ट बादल ल...

महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालको पहिलो जीत

महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालको पहिलो जीत
काठमाण्डाै – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले पहिलो जीत हासिल गरेको छ । कीर्तिपुरको त्रिवि मैदानमा आज भएको खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले हरायो । जिम्बावेले दिएको १ सय ३० रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालकी पूजा महतोले ५२ रन बनाइन् । जिम्बावेकी जोसेफिन एनकोमोले २ विकेट लिइन् । यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ६ विके...

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
काठमाडौँ, माघ १० गते । प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि र प्रयासलाई विश्वमै उदाहरणीय कार्यकारूपमा हेरिने गरिएको छ । विसं २०३० मा पहिलो राष्ट्रिय निकुञ्जका रूपमा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएपछि विसं २०३२ देखि नेपाली सेना औपचारिक रूपमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ हुँदै आएको छ । पाँच दशकको अवधिमा सेनाको असरदार कार्य जिम्मेवारीले प्रकृति र व...

माघ १० गतेदेखि १६ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

माघ १० गतेदेखि १६ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा आत्म सम्मानमा ठेस पुग्ला । वैदेशिक रोजगारमा सफलता मिल्नेछ । साताको मध्यमा बलभन्दा बुद्धिले कार्य सम्पादन गर्ने चेष्टा गर्नुहोस्, सफलता मिल्नेछ । भाग्यले साथ दिनेछ । साताको अन्तिममा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । बोली प्रभावशाली रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साताको प्रारम्भमा नोकरी वा पेशामा सहयोगी वर्गहरुबाट भने जस...

आजको राशिफल ~वि.सं. २०८२ माघ १० गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८२ माघ १० गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष – प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सफलतापूर्वक सम्पादन हुनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । अघिल्ला सफलताले थप हौसला प्रदान गर्नेछ । वृष – अध्ययनमा राम्रो प्रगति हुनेछ । हिम्मतका साथ काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ भने सहयोगीहरू प्रशस्त भेटिनेछन् ।...

मेयर कप अण्डर–१६ फुटबलमा चार विद्यालय सेमिफाइनलमा प्रवेश

मेयर कप अण्डर–१६ फुटबलमा चार विद्यालय सेमिफाइनलमा प्रवेश
विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा जारी विद्यालयस्तरीय अण्डर–१६ मेयर कप फुटबल प्रतियोगितामा चार विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन् । आदर्श माविको समन्वयमा माघ ६ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत बिहीबार शहीद रङ्गशालामा सम्पन्न क्वाटरफाइनल खेलबाट सेन्ट जोसेफ, डन बसको, जनता नमुना र आदर्श माध्यमिक विद्यालय अन्तिम चारमा पुगेका हुन् । क्वाटरफाइनलको पहिलो खेलमा सेन्ट जोसेफ माध्यमिक...