पाँच हजार लिटर मही निःशुल्क वितरण
काठमाडौँ, चैत २९ गते । दोस्रो मही दिवसका अवसरमा शनिबार मुलुकभर पाँच हजार लिटर मही निःशुल्क वितरण गरिएको छ । नेपाल डेरी एसोसिएसन र प्रदेशमा रहेका स्थानीय डेरी उद्योगीको आयोजनामा उपत्यकासहित दशैभर विभिन्न चोक, सार्वजनिक स्थल, अस्पताल, ट्राफिक कार्यालयमा मही निःशुल्क वितरण गरिएको हो ।
‘महीको विश्वास, स्वास्थ्यको विकास, घर घरमा फैलाऔँ अभियानको प्रयास’ भन्ने अभियानका साथ दोस्रो राष्ट्रिय मही दिवस श...









