काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । उनीहरू बुधबार पक्राउ परेका हुन् ।

काठमाडौँ महानगरपालिका- १२ टेकु ब्रह्मटोलबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ५६० वटा ट्रामाडोल ट्याब्लेटसहित एक, ललितपुर महानगरपालिका- ३ कृष्णगल्लीबाट २६७ वटा ट्रामाडोल ट्याब्लेटसहित दुई , सुनसरीको बराहक्षेत्र नगरपालिका- ३ कालिन्द्र सामुदायिक वनबाट एक हजार ६१० वटा सोही ट्याब्लेटसहित दुई, हेटौँडा उपमहानगरपालिका- १० न्युरेनीबाट ट्रामाडोल ट्याब्लेटसहित एक जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

यसैगरी, बाँकेको खजुरा गाउँपालिका- २ बाट ब्राउनसुगरसहित दुई, कैलालीको धनगढी उपमहानगरपालिका- ८ धनगढीगाउँबाट खैरो हेरोइनसहित एक, तनहुँको आँबुखैरेनी गाउँपालिका- ४ बेनिटारबाट एक, विराटनगर महानगरपालिका- १५ दुई नम्बर ढाटबाट एक र कपिलवस्तुको शिवराज नगरपालिका- ६ वीरपुरबाट दुई जनालाई नियन्त्रणमा लिइएको छ ।

तपाईको प्रतिक्रिया