वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने ६ जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने ६ जना पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पाल्पा घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका-११ बस्ने ३० वर्षीय मिलन तिमल्सिना, काभ्रेको रोशी गाउँपालिका-११ घर भई बनेपा बस्ने २४ वर्षीया सिर्जना श्रेष्ठ, नवलपरासीको पूर्व घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने २६ वर्षीय अकिन बस्ताकोटी, गोरखा...

लागू औषध सहित १४ जना पक्राउ

लागू औषध सहित १४ जना पक्राउ
विराटनगर/ झापा,मोरङ, सुनसरी र इलाम जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित १४ जनालाई पक्राउ गरिएको छ । वैशाख ११ गते झापाको भद्रपुर नगरपालिका-५ स्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर-१० का राजु कुमार राजबंशी, अर्जुनधारा-८ का सलुन रसाईली र बिर्तामोड-३का पारस प्रसाईलाई ९ ग्राम २३० मिलिग्राम, बिर्तामोड-४का रोहित शर्मा र दिपक श्रेष्ठलाई ६ ग्राम १७० मिलिग्राम, मेचिनगर-१...

इलाका प्रहरी कार्यालय लेटाङको निरीक्षण, प्रहरीमा प्रविधि मैत्री प्रणालीलाई जोड दिदै शान्ति सुरक्षा प्रभावकारी बनाउन प्रविधियुक्त ड्रोन क्यामेराको उद्‍घाटन

इलाका प्रहरी कार्यालय लेटाङको निरीक्षण, प्रहरीमा प्रविधि मैत्री प्रणालीलाई जोड दिदै शान्ति सुरक्षा प्रभावकारी बनाउन प्रविधियुक्त ड्रोन क्यामेराको उद्‍घाटन
विराटनगर/ कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले मोरङको इलाका प्रहरी कार्यालय लेटाङको निरीक्षण तथा अवलोकन गर्नुका साथै हिरासत पुस्तकालय र प्रहरीमा प्रविधि मैत्री प्रणालीलाई जोड दिदै लेटाङ एरिया इलाकामा शान्ति सुरक्षा प्रभावकारी बनाउन प्रविधियुक्त ड्रोन क्यामेराको उद्‍घाटन गर्नु भएको छ । निरीक्षण अवलोकन तथा उद्‍घाटन कार्यक्रमलाई सम्वोधनको क्रममा प्रदेश प्रहरी प्रमुख घिमि...

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए बर्खास्ती

निजामती विधेयकको मस्यौदा  : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए बर्खास्ती
काठमाण्डौ - सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव माग गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो प्रस्तावित विधेयकको मस्यौदा सार्वजनिक गरेर हप्ता दिनभित्र सुझाव दिन आग्रह गरेको हो । विधेयकको प्रस्तावित मस्यौदामा निजामती सेवा समयबद्ध, सूचना प्रविधिमा आधारित, निर्णय प्रक्रिया तथा सेवा ढिलाइमा स्पष्ट उत्तरदायित्व र नागरिक संलग्नतामा आधारित मूल्याङ्कन प्रण...

भूमिहीन तीस दिनभित्र सम्पर्कमा आउनु: वीरगञ्ज महानगरपालिका

भूमिहीन तीस दिनभित्र सम्पर्कमा आउनु: वीरगञ्ज महानगरपालिका
वीरगञ्ज (पर्सा)- वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा पूर्णरुपमा भूमिहीन हुन पुगेका र मुलुकको अन्य भू–भागमा कतै पनि जग्गा नभएका भूमिहीनलाई तीस दिनभित्र सम्पर्कमा आउन अनुरोध गरेको छ । डिभिजन सडक हेटौँडाले गत वैशाख ६ गते वीरगञ्जको गण्डकचोकदेखि मितेरीपुलसम्म सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउन थालेको हो । वीरगञ्ज महानगर प्रशासन तथा व्यवस्थापन महाशाखाका प्रमुख सुनिलकुमार कर्...

वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै

वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
काठमाडौँ- प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रक...

बिर्तामोडमा ‘ओ डारलिङ काले काले छौ’ सार्वजनिक

बिर्तामोडमा ‘ओ डारलिङ काले काले छौ’ सार्वजनिक
झापा ११, वैशाख। नेपाली संगीत क्षेत्रमा फरक स्वाद र नयाँ ऊर्जा थप्ने उद्देश्यसहित तयार पारिएको गीत ‘ओ डारलिङ काले काले छौ’ एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। पश्चिमेली फ्लेभरले सजिएको यस गीतले समकालीन संगीतप्रेमीहरूलाई नयाँ अनुभूति दिने विश्वास गरिएको छ। सार्वजनिक कार्यक्रम सुमधुर, स्नेहिल र संगीतमय वातावरणले भरिपूर्ण बनेको थियो। विशेषगरी गायिका जुनु प्रसाईको जन्मदिनको अवसरको सुखद संयोगले...

आईपीएल क्रिकेटमा चेन्नईद्वारा मुम्बई १०३ रनले पराजित

आईपीएल क्रिकेटमा चेन्नईद्वारा मुम्बई १०३ रनले पराजित
काठमाणडौ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएरातिको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई १०३ रनले पराजित गरेको छ । मुम्बईको वानखेडे मैदानमा भएको खेलमा चेन्नईले दिएको २०८ रनको लक्ष्य पछ्याएको मुम्बई १९ ओभरमा १०४ रनमै अलआउट भयो । मुम्बईका तिलक वर्माले ३७ र सूर्यकुमार यादवले ३५ रन बनाए पनि अरू ब्याटरले खासै योगदान दिन सकेनन् । चेन्नईका अकिल होसिनले ४ ओभरमा १७ रन खर्चेर...

रारा गोल्डकप वैशाख १८ देखि

रारा गोल्डकप वैशाख १८ देखि
धनकुटा – वैशाख १८ गतेदेखि २२ गतेसम्म धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानीमा १३औँ रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। आयोजक संस्था रारा फुटबल क्लब राजारानीले आज पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। चण्डीपूर्णिमा तथा बुद्धजयन्तीका अवसरमा आयोजना हुँदै आएको यो प्रतियोगितामा देशभरिबाट आठ वटा फुटबल टोलीको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष मणि ...

१४ वर्षीया किशोरीलाई एक सातासम्म बन्धक बनाएर जबर्जस्ती करणी

१४ वर्षीया किशोरीलाई एक सातासम्म बन्धक बनाएर जबर्जस्ती करणी
जनकपुर । १४ वर्षीया एक दलित किशोरीलाई एक सातासम्म बन्धक बनाएर जबर्जस्ती करणी गरेको आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनुषाको क्षीरेश्वर नगरपालिका ९ की दलित किशोरीलाई स्थानीय महिला खुश्बुदेवीले खेतमा काम गर्ने प्रलोभनमा लगेर जयराम महतोको जिम्मा लगाएका थिइन् । धनुषा प्रहरीका अनुसार महतोले ती किशोरीलाई बसनियाँ खोला किनारमा लगेर जबर्जस्ती करणी गरेका थिए । रगतले लतपतिएकी किशोरीले प...