धार्मिक अभियन्ता भनिने बेदिका केसी पक्राउ

धार्मिक अभियन्ता भनिने बेदिका केसी पक्राउ
काठमाडौं, ७ साउन । सामाजिक धार्मिक अभियन्ता भनिने वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ ।   नेपाल प्रहरीको साइबर ब्युरो, भोटाहिटीको टोलीले आज दिउँसो जोरपाटीबाट उनलाई नियन्त्रणमा लिएको हो ।   ब्युरोका प्रवक्ता एवं एसपी दिलिपकुमार गिरीका अनुसार अभियन्ता केसीविरुद्ध साइबर अपराधबारे जाहेरी परेको थियो। उनलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट एक दिनको म्याद थप पनि भइसकेको...

​हिट एन्ड रन घटनाका फरार चालक गाडीसहित इटहरीबाट पक्राउ

​हिट एन्ड रन घटनाका फरार चालक गाडीसहित इटहरीबाट पक्राउ
मोरङ, ७ साउन । मोरङको कानेपोखरीमा पैदल यात्रीलाई ठक्कर दिएर फरार भएका गाडी चालकलाई प्रहरीले गाडीसहित पक्राउ गरेको छ।   ​इलाका प्रहरी कार्यालय पथरीका अनुसार गत साउन ३ गते पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ७ मा तत्काल नम्बर नखुलेको सवारी साधनले पैदल यात्री पथरीशनिश्चरे-१० त्रिवेणी चोक बस्ने ६० वर्षका गोबिन्द लिम्बुलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका...

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ४५८ जनालाई कारबाही

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ४५८ जनालाई कारबाही
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ४५८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५२, यान्त्रिक कारवाहीमा ३५, रातोबत्तीमा ५६ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १४८, हर्न निषेधमा ४४, लेन क्रसमा ९१, अवस्था ठिक नभएको ५० र एकतर्...

अनधिकृत रुपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी

अनधिकृत रुपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
काठमाडौं। सीटीईभीटीबाट सीप प्रशिक्षणको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्दै आएको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटमा श्रम मन्त्रालय, शिक्षा मन्त्रालय, सीटीईभीटी र विभागको संयुक्त टोलीले अनुगमनका क्रममा सिलबन्दी गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र वैदेशिक रोजगार विभागको संयुक्त अ...

विभागद्वारा ८ फर्ममा स्थलगत अनुगमन, बिलबिजक नराख्ने खाद्य स्टोरलाई ५ हजार जरिवाना

विभागद्वारा ८ फर्ममा स्थलगत अनुगमन, बिलबिजक नराख्ने  खाद्य स्टोरलाई ५ हजार जरिवाना
काठमाडौं। स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नागार्जुन–२ खरिबोट वनस्थलीमा रहेको राजश्री खाद्य स्टोरलाई जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफाअनुसार बिलबिजक नराखेको पाइएपछि विभागले सो स्टोरलाई पाँच हजार जरिवाना गरेको हो। विभागले कुल आठ वटा फर्ममा स्थलगत अनुमगन गरेको थियो। त्यसमध्ये सात वटालाई सुधारात्मक निर्देशन दिएको छ। विभागले उ...

आजको राशिफलः बिसं २०८३ साउन ७ गते बिहिवार

आजको राशिफलः बिसं २०८३ साउन ७ गते बिहिवार
आजको राशिफलः बिसं २०८३ साउन ७ गते बिहिवार, ई सं २०२६ जुलाई २३, ऋृतुः बर्षा, अयानः दक्षिणायन, नेपाल सम्बत ११४६ दिल्लाथ्व नवमी, आषाढ शुक्ल पक्ष, असार शुक्ल नवमी, पञ्चाङ्गः सिद्ध विष्टि÷भद्रा चित्रा, चन्द्रमा कन्या राशिमा, सुर्य कर्कट राशीमा, योगः शुभ, करणः कौलब । आज नेपालमा सुर्योदय बिहान ५ः२१ मिनेटमा र सूर्यास्त साँझ ०६ः५८ मिनेटमा हुनेछ ।   आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा ...

तेस्रो अन्तर्राष्ट्रिय पथरी शनिश्चरे गोल्डकपको तयारी तिब्र

तेस्रो अन्तर्राष्ट्रिय पथरी शनिश्चरे गोल्डकपको तयारी तिब्र
माेरङ, ६  साउन ।  ‘अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप २०८३’ को तयारी तिब्र पारिएको छ ।्र पथरीशनिश्चरे नगरपालिकोको वार्षिक बजेटमा गोल्डकप समेटिए पछि गोल्डकपको तयारी तिब्र पारिएको आयोजक पथरी ११ फुटबल क्लबका अध्यक्ष सुमन विकले जानकारी दिए ।    असोज १७ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने गोल्डकप संन्चालनको लागी अहिले मैदानको अवस्था सुधारिदै गरिएको छ । मैदान प्रबेशमै रोक लगाइएको...

कार्गो रेल सेवाबाट दुवै राष्ट्रले फाइदा लिनुपर्नेमा जोड

कार्गो रेल सेवाबाट दुवै राष्ट्रले फाइदा लिनुपर्नेमा जोड
विराटनगर- कोलकाताको बन्दरगाहबाट पहिलोपटक कार्गो रेल विराटनगर आएसँगै दुवै राष्ट्रका उद्योगी तथा प्रतिनिधिहरूबीच छलफल भएको छ। विराटनगर-१८ स्थित एकीकृत जाँच चौकी (आइसीपी) मा आयोजित कार्गो रेल सेवाको औपचारिक उद्घाटनका क्रममा यो छलफल भएको हो। कार्यक्रममा विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले कार्गो रेलको औपचारिक सुरुवातसँगै पूर्वी क्षेत्रका उद्योग तथा कलकारखानाको उत्पादनमा वृद्धि हुने ...

पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना

पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना
काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभर विपदका ६६ वटा घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का कारण ५२ जिल्ला प्रभावित भएका छन् । सोमबार बिहानदेखि मङ्गलबार बिहानसम्मको विवरणअनुसार विपद्मा परेर दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् । प्राधिकरणको तथ्याङ्कअनुसार, सर्पदंश आठ, आगलागी सात, बाढी छ, पहिरो १७, अविरल बर्षा १०, चट्याङ र जनावर आक्र...

आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुने

आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुने
काठमाडौं, ६ साउन । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेश र कोशी प्रदेशका तराई भू-भागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केहि ...