मधेशका ५ जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

मधेशका ५ जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
काठमाण्डाै – सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले आज पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय तत्काललाई कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लगातार १० दिन बैठकमा उपस्थित नभएको भन्दै पाँच जना सांसदलाई पद...

जनकपुरले काठमाडौँ गोर्खाजलाई दियो १३१ रनको लक्ष्य

जनकपुरले काठमाडौँ गोर्खाजलाई दियो १३१ रनको लक्ष्य
काठमाडौँ, मङ्सिर १ गते । आजदेखि राजधानीमा सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई जितको लागि १३१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निरधारित २० ओभरमा छ विकेट गुमाएर १३० रनको योगफल बनाएको हो । जनकपुरको लागि आसिफ शेख...

प्रधानमन्त्री कार्कीले गर्नुभयो एनपिएलको उद्घाटन

प्रधानमन्त्री कार्कीले गर्नुभयो एनपिएलको उद्घाटन
काठमाडौँ, मङ्सिर १ गते । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा उहाँले साविक विजेता जनकपुर बोल्ट्स तथा काठमान्डु गोर्खाजका खेलाडीसँग परिचय गर्नुभएको थियो । उद्घाटन समारोहलाई आकर्षक बनाउन खेल सुरू हुनुअघि हेलिकाेप्टरबाट मैदानमा पुष्पवृष्टि गरिएको थियो। उद्घाटनसँगै लिगको औपचारिक सुरूआत...

सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह

सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
सुदूरपश्चिम, मङ्सिर १ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संस्थागत विकास गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । एफएम रेडियोमा कार्यरत पत्रकारका लागि आजदेखि धनगढीमा सुरु भएको अनुशिक्षण कार्यक्रममा उहाँले सञ्चार क्षेत्रको विकास गर्दै यसलाई भरपर्दो र विश्वासिलो बनाउन सामूहिक ऐक्यबद्धताको खाँचो औँल्याउनुभयो । मुख्यमन्त्रीले समग्र सञ्चार क्षेत्रलाई बल...

ब्राजिलमा कोप–३० को मध्यतिर वार्ताकारलाई दवाब सिर्जना गर्न बृहत् प्रदर्शन

ब्राजिलमा कोप–३० को मध्यतिर वार्ताकारलाई दवाब सिर्जना गर्न बृहत् प्रदर्शन
ब्राजिलको अमेजोन क्षेत्रको शहर बेलेममा संयुक्त राष्ट्रसङ्घको कोप–३० जलवायु सम्मेलनमा कडा वार्ता गरिरहेका वार्ताकारलाई सही निर्णयमा पुग्न दवाब सिर्जना गर्न जलवायुविद्, अभियानकर्मी र हजारौँ समर्थकहरूले शनिवार बेलेमको सडकमा जुलुस निकालेका छन् । चर्को घाममा जलवायु परिवर्तनका कारण अत्यधिक प्रभावित अमेजन क्षेत्रका आदिवासी जनजातिहरू जुलुसमा उत्सव मनाउने वातावरणमा भेला भएका तर उनीहरूले पृथ्वीको विशाल ‘...

क्षतिको विवरण उपलब्ध गराउन सङ्घीय मामिला मन्त्रालयको आग्रह

क्षतिको विवरण उपलब्ध गराउन सङ्घीय मामिला मन्त्रालयको आग्रह
काठमाडौँ, कात्तिक ३० गते । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र नगरपालिकालाई आग्रह गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सात सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरी क्षतिको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । मन्त्रालयले यही कात्तिक २७ गते एक पत्रमार्फत आन्दोलनका क्रममा भएको क्षतिको विवरण अनलाइन पोर्टलमा प्...

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक ३० गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक ३० गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या गर्नेहरूले दु:ख दिन सक्छन् । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आजको लाभांश सुरक्षित वा सञ्चय नहु...

सुदूरपश्चिममा वन उपभोक्ता समूहको आन्दोलन स्थगित, समस्या समाधानका लागि १३ सदस्यीय कार्यदल गठन   

सुदूरपश्चिममा वन उपभोक्ता समूहको आन्दोलन स्थगित, समस्या समाधानका लागि १३ सदस्यीय कार्यदल गठन   
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन उपभोक्ता समूहहरूले घोषणा गरेको प्रदेशव्यापी आन्दोलन स्थगित गरेका छन् । वन उपभोक्ता समूह सुदूरपश्चिम प्रदेशस्तरीय आन्दोलन परिचालन समन्वय समितिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा भएको छलफलपछि आन्दोलन रोक्ने निर्णय गरेको हो । मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाको अध्यक्षता र प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा भएको छलफलमा समितिबाट प्रस्तुत...

आज देशभरको मौसम मुख्यतया सफा रहने   

आज देशभरको मौसम मुख्यतया सफा रहने   
काठमाण्डू । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य   

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य   
काठमाण्डू । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७५, आलु रातो प्रतिकिलो रु ६४, आलु रातो (भारतीय) प्रतिकिलो रु ४८, आलु सेतो प्रतिकिलो रु ४६, प्याज सुकेको (भारतीय) प्रतिकिलो र...