निर्वाचन आयोगले तोक्यो मतदाताको उमेरको ‘कट अफ डेट’
इटहरी । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाताको उमेरको निर्दिष्ट समय (कट अफ डेट) निर्धारण गरेको छ।आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट समय कायम हुने निर्णय गरेको हो।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मंसिर २० गते आयोगको वेबसाइट प्रकाशन गर्ने र त्यसम...









