काठमाडौं, बैशाख २३ गते । काठमाडौं महानगरपालिका–बूढानीलकण्ठ–१०, ज्योतीनगर बालुवाखानी, कपनमा स्थापना गरिएको ‘केयर फार्मेसी’को उद्घाटन पूर्व राजदूत बल बहादुर कुँवर ले गर्नुभएको छ ।

फार्मासिस्ट कृपा फोजु कुँवर र कमलेश कुँवरद्वारा सञ्चालित उक्त फार्मेसीले औषधिजन्य सेवा तथा छालाको हेरचाहसम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ । उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालक कृपा फोजु कुँवरले गुणस्तरीय औषधि सेवा तथा स्किन केयरसम्बन्धी परामर्श उपलब्ध गराइने जानकारी दिनुभयो ।

स्थानीय बासिन्दालाई सहज र विश्वसनीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले फार्मेसी सञ्चालनमा ल्याइएको सञ्चालकद्वयले बताएका छन् । हाल फार्मेसी बूढानीलकण्ठ–१०, ज्योतीनगर बालुवाखानी, कपनबाट नियमित रूपमा सञ्चालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया