मनमोहनका विद्यार्थीको नवप्रवर्तन : स्मार्ट हार्भेस्ट मेसिन र सोलार पोडवे सार्वजनिक
कृष्ण पोखरेल, विराटनगर — कोशी प्रदेश सरकारअन्तर्गत रहेको मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीहरूले कृषि र स्मार्ट सिटी विकासमा उपयोगी हुने नवीन प्राविधिक उपकरणहरू निर्माण गरेका छन्।
विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकमा तीन वर्षे डिप्लोमाको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूले आइतबार आफ्नो परियोजनाका उपकरणहरूको सार्वजनिक प्रदर्शन गरे।
इलेक्ट्रिकल इन्जिनियरिङतर्फका विद्...









