विराटनगर । विराटनगर–८ हाटखोलास्थित श्री सुशिक्षा माध्यमिक विद्यालयमा जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी सात दिने कार्यक्रम सम्पन्न भएको छ।
अम्बे मुरारी सेवा केन्द्रको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा वातावरण संरक्षणबारे जानकारी दिइएको थियो।
कार्यक्रमअन्तर्गत दुई दिन अभिमुखीकरण तथा सचेतना कार्यक्रम, दुई दिन चित्रकला कार्यशाला र दुई दिन कविता कार्यशाला सञ्चालन गरिएको थियो। अम्बे मुरारी सेवा केन्द्रकी संस्थापक अध्यक्ष भारती पोखरेल उपाध्यायको सोचअनुसार विद्यार्थीलाई सानैदेखि जलवायु परिवर्तन तथा विपद्का जोखिमबारे ज्ञान र सचेतना प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा कविता प्रतियोगितातर्फ उषा बरदार प्रथम, मुस्कान लावती द्वितीय, रोसनी कामत तृतीय र गुडिया खातुन सान्त्वना भएका थिए। उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि गैरसरकारी संस्था महासंघ मोरङका अध्यक्ष विष्णु शर्मा पन्तले शिल्ड तथा पुरस्कार प्रदान गरे।
त्यसैगरी चित्रकला प्रतियोगितातर्फ कक्षा १ देखि ४ सम्म सोनालिका दर्जी प्रथम, राधिका पासवान द्वितीय, मनिका साह तृतीय र रिया साह सान्त्वना भएका थिए।
कक्षा ५ देखि ८ सम्मको चित्रकला प्रतियोगितामा मुस्कान लावती प्रथम, वैष्णवी राय द्वितीय, रोसनी कामत तृतीय र उषा बरदार सान्त्वना भएका थिए। विजयी विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
अम्बे मुरारी सेवा केन्द्रका महासचिव गंगा प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक विभूति भट्टराईले संयोजन गरेका थिए।
अम्बे मुरारी सेवा केन्द्र ले जलवायु परिवर्तनबारे विद्यार्थीलाई सात दिने प्रशिक्षण
- भोजराज घिमिरे





