खड्ग फागोले थाले चुनावी होमवर्क, मोरङ–१ को समग्र विकास पहिलो एजेन्डा
तेजन खड्का
विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी तयारी तीव्र बनाएका छन्। उनले क्षेत्रको समग्र विकास, सुशासन, पारदर्शिता र जवाफदेही राजनीतिक संस्कृतिलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताएका छन्।
पूर्व जनप्रतिनिधिका रूपमा काम गर्दा हासिल गरेको अनुभवले आफूलाई थप परिपक्व र जिम्मेवार बनाएको फागोको भनाइ छ। उनले कोरोना ...









