स्कुल बसको ठक्करले बालकको मृत्यु
रौतहट, मङ्सिर, ५ गते । रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा स्कुल बसको ठक्करले बालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान करिब सवा ८ बजेको समयमा बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिनु भयो ।
मृत्यु हुनेमा गरुडा नगरपालिका -१ जयनगरका रंजन साहका २ वर्षीय छोरा आदित्य कुमार साह छन् । जयनगरबाट मानपुरतर्फ ज...









