घरमा आगलागी, ५ लाख ६० हजार बराबरको क्षति

घरमा आगलागी, ५ लाख ६० हजार बराबरको क्षति
फिदिम, कात्तिक ८ गते । पाँचथरको फालेलुङ गाउँपालिकामा आगलागीमा परी एउटा घर जलेको छ । फालेलुङ–५, प्राङवुङका एलमान थाम्सुहाङको घर आगलागीमा परेको हो । आगोले भान्सा घर पनि जलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डिएसपी) अनिषकुमार कर्णले बताउनुभयो । उहाँका अनुसार आगलागीका कारण थाम्सुहाङ परिवारको ५ लाख ६० हजार रुपियाँ बराबरको क्षति भएको छ । थाम्सुहाङको अन्नपात, लत्ताकपडा र घरभित्रका अ...

नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण

नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण
सन्तोष राउत सोलुखुम्बु, कात्तिक ८ गते । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड पोखरीको शिरमा रहेको ६ हजार नौसय ५८ मिटर अग्लो नुम्बुर हिमाल आरोहणका लागि गएको टोलीले १५ घण्टाको प्रयासपछि चुचुरोमा पाइला टेक्दै इतिहास रचेको हो । सेभेन समिट ट्रेक कम्पनीमार्फत हिमाल आरोहणका लागि गएको तीन सदस्यीय विदेसी टोलीले नुम...

मोरङकी हराएकी १४ वर्षीया आयुषा धिमाल विराटनगरमा भेटिइन्

मोरङकी हराएकी १४ वर्षीया आयुषा धिमाल विराटनगरमा भेटिइन्
मोरङको कानेपोखरी गाउँपालिका–५, दुम्रीघाटस्थित मामाघरबाट हिजो दिउँसो २ बजे हराएकी १४ वर्षीया आयुषा धिमाल आज बिहान विराटनगरमा भेटिएकी छन्। परिवार र प्रहरीको संयुक्त खोजतलासपछि उनलाई विराटनगरको विजुली अफिस पश्चिमतर्फ आज बिहान करिब १० बजे फेला पारिएको हो। आयुषाका हजुरबुबा सुमन धिमालका अनुसार प्रहरीले मोबाइलको लोकेशन ट्र्याक गरी उनको बसोबासको स्थान पत्ता लगाएको थियो। फेला पर्दा आयुषासँग करिब ३० वर्ष...

मोरङ कारागारका बन्दीको उपचारका क्रममा मृत्यु

मोरङ कारागारका बन्दीको उपचारका क्रममा मृत्यु
विराटनगर / मोरङ जिल्ला कारागारमा लागुऔषध मुद्दाका एक बन्दीको उपचारका क्रममा मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–७ का ३२ वर्षीय जितप्रसाद सापकोटा (गोपाल) को शुक्रबार राति विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा निधन भएको हो । कारागारका जेलर गौरव ढुंगेलका अनुसार सापकोटाको फोक्सोमा पानी जम्ने र कलेजो पूर्णरूपमा नकाम हुने समस्या देखिएको थियो । “स्वास्थ्य अवस्था अत्यन्त गम्भीर भएपछि बचाउन सकिएन,” ढु...

ऐतिहासिक दामादिघी पोखरीको सरसफाइ कार्यक्रम आज सम्पन्न

ऐतिहासिक दामादिघी पोखरीको सरसफाइ कार्यक्रम आज सम्पन्न
विराटनगर — विराटनगर महानगरपालिका–१८ मा अवस्थित ऐतिहासिक दामादिघी पोखरीको सरसफाइ कार्यक्रम आज सम्पन्न भएको छ । विराटनगर महानगरपालिका वार्ड १८ को सहकार्यमा वडा कार्यालयका कर्मचारी,जनप्रतिनिधी , नेपाल प्रहरी , स्थानीय बासिन्दा सहभागितामा उक्त सरसफाइ अभियान सञ्चालन गरिएको वार्ड अध्यक्ष जितेन्द्र शाहले जानकारी दिनुभयो । सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिने दामादिघी पोखरी लामो समयदेखि फ...

मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु

मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु
धनुषा, ८ कात्तिक । मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ । यहाँ रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको छ । गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले विगतजस्तै यो वर्षपछि गङ्गासागरको आधा भागमा सजावटको काम गरिरहेको बताए । उनले घाटको ...

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक ८ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं २०८२ कार्तिक ८ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कार्य क्षेत्रमा तन्मयताका साथ जुट्नुपर्ने समय हो । सेवाग्राहीसँग विवाद भएमा त्यसले ठूलो रूप लिन सक्छ, किनभने प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेका छन् । आपसी तालमेल र समन्वयका लागि आवश्यक परे केही कुरामा सम्झौता गर्नुपर्छ, नत्र जिद्दीपनाका कारण निराशा बढ्न सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आत्मविश्वासमा वृद्धि हुने दिन हो । शिक्षा क्षेत्र, आर्...

रंगेलीमा आज चार घण्टा विद्युत अवरुद्ध रहने

रंगेलीमा आज चार घण्टा विद्युत अवरुद्ध रहने
रंगेली, कार्तिक ७ । विराटनगर रानी–रंगेली ३३ के.भी. फिडर अन्तर्गत पर्ने आमतोला क्षेत्रमा मर्मत तथा पोल परिवर्तन कार्यका कारण शनिबार रंगेली विद्युत केन्द्रको सबै स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका अनुसार शनिबार बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म चार घण्टाका लागि सम्पूर्ण विद्युत आपूर्ति रोकिनेछ। प्राधिकरणले उक्त समयावधिमा ३३ के.भी. लाईनमा...

उर्लाबारी ३ की १४ वर्षीया बालिका बेपत्ता

उर्लाबारी ३ की १४ वर्षीया बालिका बेपत्ता
उर्लाबारी ।मोरङको उर्लाबारी नगरपालिका–३ मङ्गलबारेकी १४ वर्षीया आयुषा धिमाल बेपत्ता भएकी छन्। उनी केही दिनअघि मामाघर कानेपोखरी रमाइलो गएकी थिइन्। परिवारका अनुसार आयुषा आज घर फर्किने जानकारी पाए पनि साँझसम्म घर नआएपछि परिवार र अभिभावकहरू निकै चिन्तित भएका छन्।

सुनसरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २ युवाको ज्यान गयो

सुनसरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २ युवाको ज्यान गयो
सुनसरी : धरान र इटहरीमा बिहीबार भएका छुट्टा–छुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धरान उपमहानगरपालिका–१७ सर्दुपुल नजिक चतराबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–०५० प ५२२६ नम्बरको मोटरसाइकल बिहीबार अपराह्न करिब ४ः४० बजे आफैँ अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका ५२ वर्षीय पुरुषलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा पुर्‍...