मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद
विराटनगर / सशस्त्र प्रहरीले मोरङको रतुवामाई नगरपालिका–२ स्थित घररुचोक सीमा नाकाबाट २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको टोलीले भारतबाट मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा सो रकम बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङ एसपी गेहेन्द्र भण्डारीले जानकारी दिए ।
सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्न खोज्दा रकम ल्याउने व्यक्तिहरू झोला फालेर भागेका थिए । बरामद रकमबा...









