उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार स्थानीय ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा आफ्नै ४५ वर्षीया श्रीमती बिमला राईको गर्दनमा सिकल प्रहार गरेका थिए ।
घाइते बिमलालाई प्रहरीले तत्काल नगर अस्पताल बेल्टार पुर्याएको थियो । उपचारका क्रममा राति १ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि गन्दु राम आफैं माडीबासस्थित अस्थायी प्रहरी चौकीमा पुगेर घटनाबारे जानकारी गराएका थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टारमा ल्याएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





