विराटनगर/ पहाडी भेगबाट विराटनगर हुँदै भारततर्फ तस्करी गर्न लैजाँदै गरिएको करिब ३९८ किलो प्रतिबन्धित गाँजा बोकेको स्कार्पियो गाडी शनिबार साँझ विराटनगरमा दुर्घटनामा परेको छ । विराटनगर महानगरपालिका–३ स्थित आयल निगम नजिकै प्रहरीले गोप्य सूचनाका आधारमा उक्त गाडीलाई पछ्याउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कविता कट्वालका अनुसार दुर्घटनामा परेको स्कार्पियोबाट करिब ३९८ किलो गाँजा बरामद भएको हो ।प्रहरीका अनुसार पहाडी भेगबाट विराटनगरको बाटो हुँदै भारततर्फ गाँजा तस्करी भइरहेको सूचनाका आधारमा निगरानी बढाइएको थियो । सोही क्रममा गाडीलाई पछ्याउँदा दुर्घटना भएको हो ।
विराटनगरमा ३९८ किलो गाँजा बोकेको स्कार्पियो दुर्घटनामा, प्रहरीद्वारा बरामद





