काठमाडौं, ११ असोज । ललितपुरको महालक्ष्मी नगरपालिका–६ लुभुस्थित सानागाउँमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिरहा घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ बोजेपोखरी बस्ने २६ वर्षीय आषिश मगर रहेका छन्।

प्रहरीका अनुसार शनिबार साँझ बा.प्र.०२–०५९ प २९३८ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मगर गम्भीर घाइते भएका थिए।

घाइते मगरलाई तत्काल उपचारका लागि किस्ट अस्पताल लगिएकोमा उपचारका क्रममा शनिबार राति चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया