समानुपातिक निर्वाचन प्रणालीतर्फ एकैदिन ३३ दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीतर्फ एकैदिन ३३ दल दर्ता
काठमाण्डाै – आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनाव अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ ३३ दल दर्ता भएका छन् । निर्वाचन आयोगले आजदेखि समानुपातिकतर्फको चुनावी कार्यक्रम शुरू गर्दै दल दर्ता आह्वान गरेकोमा आजै ३३ वटा दल दर्ता भएका हुन् । आयोगका अनुसार फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा सहभागी हुन पर्सि २३ गते मङ्गलवार दिउँसो ४ बजेसम्ममा निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ । प्राप्त भ...

सिंहदरबारभित्रै जेनजी सहिदको सालिक बन्ने

सिंहदरबारभित्रै जेनजी सहिदको सालिक बन्ने
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवन परिसरभित्र निर्माण गरिने ‘जेनजी सहिद योद्धाहरूका सालिक’ का लागि आवश्यक पर्ने उपयुक्त ठाउँको अवलोकन गरेका छन्। जेनजी सहिद योद्धाका परिवार र मन्त्रालय सम्बद्ध केही कर्मचारी तथा सचिवालय सदस्यहरूसहित सालिक निर्माणका लागि आवश्यक ठाउँको उपलब्धता बुझ्न र त्यहाँको वस्तुस्थिति बुझ्न मन्त्री अर्याल संसद् भवनको निरीक्षण...

झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन, किसानले पाएनन् समर्थन मूल्य

झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन, किसानले पाएनन् समर्थन मूल्य
झापा । झापामा यो वर्ष तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन भएको छ ।जिल्लामा ७२ हजार ७४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा तीन लाख ५४ हजार ३१५ दशमलव ९२ मेट्रिकटन बर्खे धान उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।केन्द्रका प्रमुख सागर विष्टले गत वर्षको तुलनामा यो वर्ष धानखेतीको क्षेत्रफलसँगै उत्पादन घटेको बताउँदै उत्पादकत्व भने केही बढेको जानकारी दिए । उनका अनुसार गत वर...

पिसिएल नर्सिङलाई निरन्तरता दिने सरकारको तयारी

पिसिएल नर्सिङलाई निरन्तरता दिने सरकारको तयारी
चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई परीक्षापछिको नर्सिङ पढाइ (पिसिएल) लाई निरन्तरता दिने तयारी गरेको बताउनुभएको छ । भरतपुर अस्पतालको ट्रमासेन्टर तथा कम्पाउण्डिङ फार्मेसीको आज उद्घाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले अस्पतालमा आवश्यक स्टाफ नर्सको सङ्ख्या कम भएकाले पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन गर्नेगरी तयारी थालिएको बताउनुभयो । मन्त्री ग...

हेटौँडामा ५३१ घरटहरा भत्काइयो

हेटौँडामा ५३१ घरटहरा भत्काइयो
मकवानपुर, मङ्सिर २० गते। हेटौँडा बजार क्षेत्रमा सडक सीमा चौडासँगै विस्तार कार्य सुरु गरिएको छ। सडक डिभिजन कार्यालय हेटौँडाले शनिबार बिहानदेखि सडकको केन्द्रबाट दायाँबाया २५ गजभित्र बनेका घरटहरामा डोजर लगाएको हो। हेटौँडा उपमहानगरपालिकाको रातोमाटेदेखि मकवानपुर उद्योग वाणिज्य चोक र बुद्ध चोकदेखि जिल्ला प्रहरी कार्यालयसम्मका घरटहरामा डोजर चलाइएको थियो। बिहानभरमा ५३१ घरटहरालगायतका संरचना डोजर लगाएर भ...

लमहीको सुनचाँदी पसलमा गोली चलाउने व्यक्ति पक्राउ

लमहीको सुनचाँदी पसलमा गोली चलाउने व्यक्ति पक्राउ
दाङ – लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती व्यक्तिले सुनचा...

इन्डिगो आफ्नो २० वर्षको इतिहासमा सबैभन्दा ठूलो सङ्कटमा, एकैदिन १ हजारभन्दा धेरै उडान रद्द

इन्डिगो आफ्नो २० वर्षको इतिहासमा सबैभन्दा ठूलो सङ्कटमा, एकैदिन १ हजारभन्दा धेरै उडान रद्द
भारतको सबैभन्दा ठूलो मध्येको एअरलाइन्स कम्पनी इन्डिगोका उडानहरू आज पाँचौं दिन पनि रद्द भएका छन् । इन्डिगोले आज ३ सय ८५ उडान रद्द गरेको र विमानस्थलमा सयौं यात्रु प्रभावित भएका समाचार संस्था रोयटर्सले जनाएको छ । पाइलटहरूको काम गर्ने समय सीमित गर्ने नयाँ नियमहरूका लागि पर्याप्त योजना बनाउन असफल भएपछि पाइलटहरूको अभावका कारण इन्डिगोले यस हप्ता हजारौं उडान रद्द गरेको छ । शुक्रवार इन्डिगोले १ हजारभन्द...

धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ वटा सवारी दुर्घटना

धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ वटा सवारी दुर्घटना
धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा ७ वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन्। स्कुल बससहित चारवटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो। अहिले दुर्घटनास्थलबाट प्रहरी र स्थानीयले घाइतेको उद्धार...

बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढीलाई नास्टले पुरस्कृत गर्‍याे

बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढीलाई नास्टले पुरस्कृत गर्‍याे
खाेटाङ – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले खाेटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पुरस्कृत गरेको छ । नास्टले आफ्नो ४३औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा नगरपालिकालाई ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ प्रदान गरेको हो । बाँसलाई भवन निर्माण, हस्तकला, व्यावसायिक उत्पादन तथा वातावरणमैत्री समाधानका रूपमा रूपान्तरणसँगै बाँससम्बन्धी सीप विकास, प्रविधि विस्तार र...

मानव सेवा भवनको लागि करिब १० करोड संकलन

मानव सेवा भवनको लागि करिब १० करोड संकलन
बागलुङ, मंसिर २० गते । मानव सेवा आश्रमको भवन निमार्णका लागि बागलुङमा झन्डै दश करोड रुपियाँ संकलन भएको छ । भवन निर्माणका लागि कात्तिक २१ गतेदेखि २८ गतेसम्म बागलुङको नियरघाटमा आयोजना गरिएको श्रीमद भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञबाट सो रकम संकलन भएको हो । कुल नौ करोड ७७ लाख ७२ हजार ६१ रुपियाँ संकलन भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । महायज्ञमा ८१ लाख ३७ हजार ४१० रुपियाँ खर्च भएको मूल आयो...