धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा ७ वटा सवारी एकै ठाउँमा दुर्घटनामा परेका छन्। स्कुल बससहित चारवटा बस, दुई वटा ट्रक र एउटा मोटरसाइकल दुर्घटनामा परेका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो। अहिले दुर्घटनास्थलबाट प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेको छ। दुर्घटनापछि सडकमा यातायात पूर्णरुपमा अवरुद्ध भएको छ। घाइतेलाई उद्धार गरी नजिकैको स्वास्थ्य संस्था र काठमाडौंतर्फ पठाइएको र प्रहरीद्वारा दुर्घटनामा परेका सवारीलाई हटाएर बाटो खुलाउने प्रयास भइरहेको छ।

तपाईको प्रतिक्रिया