प्रदेश प्रहरी कार्यालय उद्घाटन गर्न प्रधानमन्त्री जनकपुर आउनुहुँदै
जनकपुर, साउन ३० गते । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान जनकपुरधाम आउँदै हुनुहुन्छ । मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली जनकपुरधाम आउन लाग्नुभएको हो । उहाँ ११ः३० बजे काठमाडौँबाट धनुषाका लागि प्रस्थान गर्नुहुने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
करिब २३ करोड १० लाख ४३ हजार ४०७ रुपियाँको लागतमा बनेको यो सुविधा सम्पन्न भवनमा ६८ ...









