इटहरी : उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि इटहरीमा यही पुस ५ गतेदेखि हुने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी पूरा भएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा एक सय १२ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिनेछ ।

जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रूपमा विकास गरेर लैजाने उद्देश्यका साथ हुन लागेको सम्मेलनमा चारवटा किनोट स्पिच, १५ वटा प्लेनरी स्पिच, चारवटा फिचर्ड स्पिच, एउटा समूह छलफल र एउटा कविता प्रस्तुति रहनेछ ।

यस्तै, अन्तरक्र्रियात्मक पोस्टर प्रदर्शनी, विद्यार्थी प्रतिभा जागरण सत्र, कार्यशाला र ८४ वटा कन्करेन्ट सेसन सञ्चालन हुने सहायक क्याम्पस प्रमुख तथा सम्मेलन संयोजक इन्द्रप्रसाद प्याकुरेलले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा बताए । उनका अनुसार पहिलो दिनको प्रस्तुतिमा ४२ ओटा अवधारणा पत्र रहने र दोस्रो दिनको प्रस्तुतीमा ३५ ओटा अवधारणा पत्रसहित प्रस्तुति रहनेछन् ।

कार्यक्रममा मुख्य नोट स्पिकरको रूपमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालय सिइएनएएसका कार्यकारी निर्देशक डाक्टर मिर्गेन्द्र कार्की, कोलम्बिया विश्वविद्यालय टिचर्स कलेज न्यूयोर्क अमेरिकाका डाक्टर प्रेम फ्याक र बाबा मस्तनाथ विश्वविद्यालय भारतका पूर्वउपकुलपति प्रोफेसर एचएल वर्मा सहभागी हुनेछन् ।

कार्यक्रममा पाँच जना विदेशी विज्ञसहित नेपालका नाम चलेका अन्य १२ जना गरी १६ ना प्लेनरी स्पिकरको रूपमा रहेका छन् । जसमा दुई जनता कलेजकै प्राध्यापक रहेका छन् ।

यस्तै, चार जना फिचर्ड स्पिकरको रूपमा रहेका छन् । यस्तै, अन्तरक्र्रियात्मक पोस्टर प्रदर्शनी, विद्यार्थी प्रतिभा जागरण सत्र, कार्यशाला र कन्करेन्ट सेसन सञ्चालनका लागि पनि अलग अलग प्रस्तुति रहनेछन् ।

तपाईको प्रतिक्रिया