भन्सार छलीको १० लाखको कपडासहित एक जना पक्राउ

भन्सार छलीको १० लाखको कपडासहित एक जना पक्राउ
वीरगञ्ज। भन्सार छली गरी भित्राइएको १० लाख बराबरको कपडासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा वीरगञ्ज महानगर १७ का २५ वर्षीय दीपेन्द्र साहलाई प्रहरीले जिराभवानी गाउँपालिका १ बलुवाबाट कपडासहित नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार प्रहरी चौकी महादेपट्टी र सश...

बुधबार सार्वजनिक बिदा

बुधबार सार्वजनिक बिदा
मोहम्मद जयन्तीका अवसरमा सरकारले मुस्लिम धर्मावलम्बीहरूका लागि भोलि बुधबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार मोहम्मद जयन्तीका दिन मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिइएको हो। २०८२ फागुन १८ गते राजपत्रमा प्रकाशित सूचनामा मोहम्मद जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने व्यवस्था गरिएको थियो। मुस्लिम आयोगले मोहम्मद जयन्ती भदौ १० गते परेको जानकारी गराएपछ...

भदौ १० गते बुधबार, यस्तो छ तपाईको राशिफल

भदौ १० गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिष्ठा र आफ्नो क्षमता प्रमाणित गर्ने अवसर मिल्नेछ । काममा केही अन्योल देखिए पनि धैर्य राखेर अघि बढ्दा समाधान भेटिनेछ । अनावश्यक तर्क र बहसबाट टाढै रहनु राम्रो हुन्छ । परिवार तथा सहकर्मीले तपाईंको कुरा नबुझ्दा मन खिन्न हुनसक्छ, त्यसैले रिस र आवेग नियन्त्रण गर्नुहोला । प्रेमसम्बन्धमा भने केही शंका र असमझदारी पैदा हुनसक्ने भएकाले संवादमा ध्यान दिनुहोस् । ...

घरेलु श्रमलाई नियमन र औपचारिकरण गर्ने दिशामा मन्त्री यादव

घरेलु श्रमलाई नियमन र औपचारिकरण गर्ने दिशामा मन्त्री यादव
काठमाडौँ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकार घरेलु श्रमलाई नियमन र औपचारिकरण गर्ने दिशामा अघि बढिरहेको बताएका छन्। सिंहदरबारमा मंगलवार बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले यस्तो बताएका हुन्। मन्त्री यादवले घरेलु श्रमलाई नियमन र औपचारिकरण नेपाल दक्षिण एसियामै पहिलो देश बन्ने दिशामा अघि बढिरहेको बताएका हुन्। मन्त्री यादका अनु...

शेयर बजार सुधारका लागि तात्यो धितोपत्र बोर्ड, नेप्सेलाई १९ बुँदे निर्देशन

शेयर बजार सुधारका लागि तात्यो धितोपत्र बोर्ड, नेप्सेलाई १९ बुँदे निर्देशन
काठमाडौं। पछिल्लो समय शेयर बजार सुधारका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आवश्यक कदम चाल्दै आएको छ। गोपालप्रसाद भट्ट धितोपत्र बोर्डको अध्यक्ष भएर आएसँगै शेयर बजार सुधारका लागि चरणबद्ध रुपमा आवश्यक कदम चाल्न थालिएको हो। शेयर बजार सुधारका लागि धितोपत्र बोर्डले आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले १९ बुँदे निर्देशन जारी गरेको छ। यो निर्देशन धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन...

प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण

प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण
सुभाष कायस्थ  जनकपुरधाम, ९ भदौ । प्रदेशको शान्ति सुरक्षामा सहजताका लागि मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा  कानून मन्त्रालयले नेपाल प्रहरीलाई सञ्चार सामाग्री हस्तान्तरण गरेको छ ।  मंगलवार गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले सो सञ्चार सामाग्री मधेश प्रहरी कार्यालयका प्रमुख डिआईजी ओमप्रसाद अधिकारीलाई सो  सञ्चार सामाग्री हस्तान्तरण गरेका हुन । मन्त्रालयका अनुसार प्रदेशका ८ वटै  जिल्लामा जडान...

राहतमा होइन, जोखिम न्यूनीकरणमा बीमामा जोड दिऔँ : प्राधिकरण

राहतमा होइन, जोखिम न्यूनीकरणमा बीमामा जोड दिऔँ : प्राधिकरण
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्य र तथ्यमा आधारित रही पत्रकारिता गरिनु पर्ने आवश्यकतामा जोड दिनुभएको छ । देश, समाज र जनताको हित हुने गरी पत्रकारिता गर्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ कोशी प्रदेशद्वारा आज मंगलबार आयोजित पत्रकार दुर्घटना बिमा कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले बिमा कम्पनीले बिमितको भुक्तानी सहज र सरल ढङ्गबाट गर्ने व्यवस्थाका ला...

सन्जु न्यौपानेको स्वरमा ‘काले तलतल भो’

सन्जु न्यौपानेको स्वरमा ‘काले तलतल भो’
काठमाडौँ- गायिका सन्जु न्यौपानेको स्वरमा ‘काले तलतल भो’ सार्वजनिक भएको छ। कृष्ण लामिछानेको लेखन, बसन्त घिमिरेको संगीतको गरेको म्युजिक भिडियोको निर्देशन समिर भोटेले गरेका हुन्। गीतको मिक्सिङ कुमारराना मगरले गरेका हुन् भने म्युजिक एरेन्ज कृष्ण केसीको हो। गीतमा जवानी र प्रेमका विषयमा चर्चा गरिएको छ। भिडियोलाई करण चइसरले गरेका हुन् भने भिडियोमा सन्जु न्यौपाने र अन्जली थापासहितलाई देख्न सकिन्छ। भिड...

‘किन हो किन गाईजात्रा २०८३’ सार्वजनिक, गोपाल तिमल्सिनाको व्यङ्ग्यात्मक प्रस्तुति

‘किन हो किन गाईजात्रा २०८३’ सार्वजनिक, गोपाल तिमल्सिनाको व्यङ्ग्यात्मक प्रस्तुति
काठमाडौँ । यस वर्षको गाईजात्रालाई लक्षित गर्दै कलाकार तथा हास्यव्यङ्ग्य प्रस्तुतकर्ता गोपाल तिमल्सिनाले ‘किन हो किन गाईजात्रा २०८३’ सार्वजनिक गरेका छन्। समसामयिक नेपाली समाज, राजनीति तथा दैनिक जीवनमा देखिएका विभिन्न विषयलाई हास्यव्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरिएको गाईजात्राले दर्शकलाई मनोरञ्जनसँगै सोच्न बाध्य बनाउने प्रयास गरेको छ। ‘किन हो किन २०८३’ नाम दिइएको उक्त गाईजात्रा सामग्री गोपाल...

विकट क्षेत्रमा रोल्पाली चेली फाउन्डेसनको निःशुल्क स्वास्थ्य शिविर, ५०० बढी महिलाको स्वास्थ्य परीक्षण

विकट क्षेत्रमा रोल्पाली चेली फाउन्डेसनको निःशुल्क स्वास्थ्य शिविर, ५०० बढी महिलाको स्वास्थ्य परीक्षण
रोल्पा । रोल्पाली चेली फाउन्डेसनको आयोजना तथा भक्तपुर इन्टरनेशनल हस्पिटलको प्राविधिक सहयोगमा लिवाङ नगरपालिका–४ मा महिलाको पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरमा झण्डै ५०० जनाको नाम दर्ता भइसकेको र ठूलो संख्यामा महिलाले स्वास्थ्य परीक्षण गराएका छन्। विकट भौगोलिक क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजित शिविरमा महिलाको स्वास्थ्य प...