इलामको बाढी प्रभावित क्षेत्रमा मन्त्री घिसिङ : सरोकारवालासँग छलफल
प्रेम अधिकारी
पशुपतिनगर(इलाम) असोज २५ गते। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले इलामको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ।
शनिबार मन्त्री घिसिङले इलाम नगरपालिका १० को माइखोला टापु, मेची राजमार्गको राजदुवाली खण्ड र नेपालटार सडकको मिल गोलाई क्षेत्रमा बाढी पहिरोले पुर्याएको क्षतिको स्थलगत निरीक्षण गर्नु भएको हो ।
निरीक्षणको क्रममा ऊर्जा मन्त्री घिसिङसँगै...








