बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गयो
काठमाण्डौ – बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । ३४ जना घाइते भएका छन् ।
हिजो बेलुकी बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडीको बडगाउँ मोडमा पल्टिएको हो ।
दुर्घटनामा केशवराज जोशी, अशोकराज जोशी, वसन्त जोशी, विष्णुदत्त जोशी, नरेशराज जोशी, मोहनदेव भट्ट, वसन्तराज रतला, पुष्पा अवस्थी, विसनदत...









