नेपाली बजारमा सुनको मूल्य एकैदिन ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो।

आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन खरिद गर्न तीन लाख चार हजार ७०० रुपैयाँ खर्चिनुपर्नेछ। हिजो सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ रहेको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २६५ रुपैयाँले बढेर पाँच हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला पाँच हजार ३३५ रुपैयाँ थियो।

सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढावअनुसार दैनिक रूपमा परिवर्तन हुँदै आएको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया