विराटनगर । धार्मिक पर्यटन प्रवद्र्धन, राष्ट्रिय एकता र जलसम्पदाको संरक्षण गर्ने उद्देश्यले सञ्चालन भइरहेको राष्ट्रव्यापी श्री गजेन्द्र मोक्ष नारायण मुक्तिनाथ रथयात्रा (मेची–महाकाली रथयात्रा) नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । गत कात्तिक ९ गते मुस्ताङस्थित मुक्तिनाथ मन्दिरबाट भगवान्को मूर्ति रथारोहण गरी सुरु गरिएको यात्रा झापा हुँदै हुलाकी राजमार्गबाट विराटनगर आइपुग्नेछ । सोमबार दिउँसो ३ बजे विराटनगर महानगरपालिका–८ स्थित हाटखोलाको चौरमा रथको स्वागत, पूजाअर्चना तथा आरती गरिने कार्यक्रम रहेका लक्ष्मीनारायण मन्दिर पाञ्चालिका संरक्षक समितिका संयोजक पीठाधीश अच्युत स्वामी ले जनकारी दिनुभयो ।

लक्ष्मीनारायण मन्दिर पाञ्चालिका संरक्षक समितिका संयोजक पीठाधीश अच्युत स्वामी का अनुसार रथयात्राले विराटनगरका गीता मन्दिर, काली मन्दिर, सत्यनारायण मन्दिर, ठुलो मिलस्थित शिव पञ्चायन मन्दिरलगायत विभिन्न धार्मिक स्थलको परिक्रमा गर्ने भएको छ । परिक्रमा सम्पन्न भएपछि रथलाई लक्ष्मीनारायण अञ्चली मन्दिरमा विसर्जन गरिने आयोजकले जनाएको छ। कात्तिक १७ गते बिहान पुनः यात्रा सुरु गरी सुनसरी, सप्तरी हुँदै सर्लाही पुग्ने कार्यक्रम रहेको छ । सर्लाहीमा यज्ञ आयोजना गरेपछि रथयात्रा पुनः मुस्ताङस्थित मुक्तिनाथ मन्दिर पुगेर समापन हुने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।

रथयात्रामार्फत धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार, धार्मिक पर्यटनको विकास, राष्ट्रिय एकताको सन्देश प्रवाह र जलसम्पदाको संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । पत्रकार सम्मेलनमा लक्ष्मीनारायण मन्दिर पाञ्चालिका संरक्षक समितिका संयोजक पीठाधीश अच्युत स्वामी र कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य एवं रथयात्राका संयोजक भीम पराजअुलीको उपस्थिति थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारीलगायत को सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया