सुनसरी । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद मेहतासहितको टोलीले सुनसरीको देवानगञ्ज गाउँपालिका–१ स्थित मरिया खोलामा पुल निर्माण गर्ने योजनाको स्थलगत अनुगमन गरेको छ।
देवानगञ्ज–१ मा एनसेल टावरको पश्चिमतर्फ रहेको मरिया खोलामा मेहता टोल र यादव टोललाई जोड्ने गरी पुल निर्माण गर्ने योजनाको अवस्थाबारे टोलीले स्थलगत जानकारी लिएको हो। उक्त स्थान साविक मध्य होर्साही–६ मा पर्दछ।
अनुगमनका क्रममा टोलीले स्थानीय आवश्यकताका आधारमा पुल निर्माणको सम्भावना, योजनाको औचित्य र कार्यान्वयनका विषयमा छलफल गरेको थियो।
स्थलगत अनुगमनमा पूर्वाधार विकास कार्यालय सुनसरीका प्रमुख रञ्जयबहादुर सिंहलगायतको उपस्थिति रहेको थियो।
पुल निर्माण भए मेहता र यादव टोलका बासिन्दालाई आवतजावतमा सहजता हुनुका साथै स्थानीयस्तरमा यातायात तथा सामाजिक सम्पर्क विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।





