दुबई उडान पुनः सञ्चालनमा, नेपाल वायुसेवा निगमको जहाज बुधबारदेखि उड्ने
काठमाडौं। मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिका कारण प्रभावित भएको दुबई उडान नेपाल वायुसेवा निगमले भोलि बुधबारदेखि पुनः सञ्चालन गर्ने भएको छ।
निगमका अनुसार भोलि बुधबार आरए–२२९ नम्बरको जहाज काठमाडौं–दुबई उडानका लागि स्थानीय समयअनुसार राति ११:१५ बजे प्रस्थान गर्नेछ। त्यसपछि पर्सी बिहीबार दुबई–काठमाडौं उडान स्थानीय समयअनुसार बिहान ४:१० बजे हुने तालिका तय गरिएको निगमले जनाएको छ।
निगमका अनुसार द...








