मोरङ- बेलबारी नगरपालिका- १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका- ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो ।
बिहीबार साँझ घाँसदाउरा लिएर जङ्गलबाट फर्कने क्रममा तामाङलाई हात्तीले आक्रमण गरेको हो ।
घटनापछि आफन्त साथै स्थानीयले खोजी गर्ने क्रममा बेलबारी नगरपालिका- १० स्थित पूर्व-पश्चिम राजमार्गबाट करिब दुई किलोमिटरभित्र पर्ने सिर्जना सामुुदायिक वन क्षेत्रमा तामाङको शव फेला परेको प्रहरी प्रमुख गिरीले बताए ।





