झापा। झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहले २८ हजार १५२ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्।

बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको पछिल्लो गणनाअनुसार ४४ हजार ३५० मतको गणना सम्पन्न हुँदासम्म रास्वपाका वरिष्ठ नेतासमेत रहेका शाहले प्रतिस्पर्धी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धेरै पछि पारेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रका एमाले उम्मेदवार ओलीले ७ हजार ३९३ मत प्राप्त गरेका छन्।

यसैगरी श्रम संस्कृति पार्टीका समीर तामाङले चार हजार ११५ मत, नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ८२४ मत, नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ७३६ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले ६६२ मत प्राप्त गरेको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया