चैत्र ०३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष
आज धन कमाउने नयाँ बाटाहरू खुल्ने दिन छ । सोचेका कामहरूमा सफलता मिल्नेछ । धन लाभको योग छ र दिन खुशी साथ बित्नेछ । परिवारमा सुखद माहोल रहनेछ र साथ दिने साथी वा अभिभावक भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त भएर आराम पाउने समय पनि छ ।
वृष
आज टाढाको यात्रा गर्ने योग छ । नयाँ स्थानको भ्रमणले मन रमाइलो बनाउनेछ । पुराना साथीहरूसँग भेटघाटले खुशी दिनेछ । हाँसखेल र मनोरञ्जनका लागि समय मिल्नेछ, साथै ...









