बर्दिबासका दुई स्थानबाट १९ जुवाडे नियन्त्रणमा
बर्दिबास, कात्तिक १६ गते । महोत्तरी प्रहरीले बर्दिबास नगरपालिका क्षेत्रका दुई स्थानमा छापा मार्दै जुवातास खेलिरहेका १९ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार दुबै घटनामा गरी नगद तीन लाख ६८ हजार रुपियाँसहित विभिन्न जुवा सामग्री बरामद गरिएको छ ।
जुवातास नियन्त्रणका लागि महोत्तरी प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको...








