बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा अत्याधुनिक फिजियोथेरापी सेवा विस्तार
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको फिजियोथेरापी विभागले सन् २०१६ देखि अत्याधुनिक तथा विशेषज्ञ फिजियोथेरापी सेवा प्रदान गर्दै आएको जनाएको छ।
हस्पिटलको साविक स्थानबाट मुख्य भवनको हाडजोर्नी विभाग नजिकै स्थानान्तरण गरिएको विभागले हाल दैनिक १०० भन्दा बढी बिरामीलाई सेवा दिन सक्ने क्षमता विकास गरिएको हस्पिटलले जनाएको छ। विभागमा अर्थो तथा स्पोर्ट्स, न्यूर...








