मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जोखिम मोलेर काम गर्ने बानीमा नियन्त्रण आवश्यक छ । शत्रु र आलोचकहरू सक्रिय रहन सक्छन्, त्यसैले सतर्क रहनुहोस् । आफ्नै कमजोरीले साखमा असर पर्न सक्छ । सानो प्रयासले प्रगति हुने सम्भावना छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सतर्कता साथ काम गर्नुपर्ने समय छ । प्रतिस्पर्धी र आलोचकहरू सक्रिय देखिन्छन् । क्षमता प्रयोग गरेमा कारोबारमा सुधार आउनेछ र रोकिएका काम अघि बढ्नेछन् । पारिवारिक जीवन सामान्य रहे पनि सन्तानको इच्छाले खर्च बढाउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ र पुराना साथीहरूसँग भेटघाट हुनेछ । धार्मिक तथा परोपकारी सोच बढ्नेछ । व्यक्तिगत काम सफल हुने दिन हो । रासायनिक, पेट्रोलियम वा रङ सम्बन्धी कारोबारमा लाभ मिल्न सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारबाट सहयोग मिल्नेछ । आर्थिक समस्या समाधानतर्फ अघि बढ्नेछ । आम्दानी बढ्ने र रोकिएको रकम प्राप्त हुने सम्भावना छ । अनुभवीको सल्लाहमा लगानी गर्दा लाभ मिल्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ व्यक्तिसँगको भेटले आत्मबल बढाउनेछ । सफलताका समाचारले उत्साह मिल्नेछ । तर आलोचक र धोका दिन सक्ने व्यक्तिबाट सावधान रहनुहोस् । क्रोध र हतार निर्णयले हानि पुर्‍याउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आत्मविश्वास कमजोर हुन सक्छ । साझेदारीमा सावधानी आवश्यक छ । जुवा वा सट्टाबाजीबाट टाढा रहनुहोस् । व्यापारमा उतारचढाव आउन सक्छ, त्यसैले आफैं सक्रिय हुनु राम्रो हुन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बौद्धिक काममा प्रगति हुने दिन हो । साथी र सहयोगीहरूको साथ मिल्नेछ । नेतृत्व क्षमता देखाउनुपर्ने समय छ । खर्च बढ्ने सम्भावना रहेकाले सावधानी अपनाउनुहोस् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धपेडी बढ्ने दिन हो । चिड चिडापन नियन्त्रण गर्न आवश्यक छ । मेहनत अनुसार राम्रो फाइदा मिल्नेछ । बारम्बार प्रयास गर्दा सफलता प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार तथा निर्माणसम्बन्धी क्षेत्रमा राम्रो समय छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । इच्छित काम पूरा हुने सम्भावना छ । विदेश वा अध्ययन सम्बन्धी प्रयासमा सफलता मिल्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धैर्य र संयम आवश्यक छ । हतारमा निर्णय नगर्नुहोस् । पुराना समस्या बल्झिन सक्छन् । वैचारिक मतभेद हुन सक्छ, त्यसैले संयमित व्यवहार गर्नु उत्तम हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
घुमघाम र मनोरञ्जनमा समय बित्नेछ । परिवार र जीवन साथीसँग सम्बन्ध राम्रो बन्नेछ । खर्च बढ्न सक्छ तर मन प्रसन्न रहनेछ । पार्टनरको भावना बुझेर अघि बढ्नु राम्रो हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ । व्यापारमा मिश्रित परिणाम आउनेछ । साथी र साझेदारसँग असन्तुष्टि हुन सक्छ । चुनौती सामना गरेर अघि बढ्दा सफलता मिल्नेछ ।

तपाईको प्रतिक्रिया